बिदाका दिन पनि मतदाता नामावली संकलन हुँदै

खोटाङ, ११ पुस /खोटाङमा सार्वजनिक बिदाका दिनसमेत फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको छ । निर्वाचन आयोग र गृहमन्त्रालयको ८ पुसको पत्र अनुसार इलाका प्रशासन कार्यालय ऐसेलुखर्क र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट बिहान, बेलुका र सार्वजनिक बिदाका दिनसमेत फोटो सहितको मतदाता नामावली संकलनको व्यवस्था मिलाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रकुमार राईले बताए ।

शनिबारदेखि दुवै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुई इलाका प्रशासन कार्यालयबाट १० पुसदेखि १९ फुसम्म कार्यालय समय र कार्यालय बाहिरको समयमा पनि फोटोसहितको मतदाता नामावली दर्ता गराउन सक्ने निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए ।

हालसम्म इलाका प्रशासन कार्यालय खोटाङबजार र जिल्ला प्रशासन कार्यालयबाट नियमित रूपमा मतदाता नामावली दर्ताको काम हुँदै आएकोमा निर्वाचन आयोग र गृहमन्त्रालयको पत्र अनुसार इलाका प्रशासन कार्यालय ऐसेलुखर्कबाट पनि मतदाता नामावली संकलन सुरु गरिएको हो ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गरिएको थियो । मतदाता नामावली संकलन अभियानमा मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिले इलाका प्रशासन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने निमित्त जिल्ला निर्वाचन अधिकारी राईले बताए ।

धेरैजसो स्थानीय तहले सम्बन्धित स्थानीय तहको केन्द्रमा शिविर सञ्चालन गरेर फोटो सहितको मतदाता नामावली संकलन गर्दा केन्द्रभन्दा टाढाका सर्वसाधारण एक दिनदेखि तीन दिनसम्म हिँड्नु परेको मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।