नेपालबाट लोप भएको छैन धनेश

इलाम, १२ पुस/अनुसन्धानविना नेपालबाटै लोप भइसकेको भनिएको धनेश भेटिएको छ । काँकडभिट्टाका वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले इलामको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित सिमधापमा हालै धनेश (हङ्रायो)को फोटो कैद गरेपछि नेपालबाट लोप भइसकेको छैन भन्ने पुष्टि भएको हो ।

नेपालमा नै फोटो कैद हुनुले नेपालबाट धनेश लोप नभएको पुष्टि भएको पंक्षीका खोजकर्ता खरेलले बताए । ‘चराको अध्ययनको क्रममा मैले अहिलेसम्म हासिल गरेको दोस्रो उपलब्धि हो,’ खरेलले भने, ‘जीव विज्ञान तथा पंक्षीको अध्ययन गर्नेहरूको लागि यो ठुलो कुरा हो ।’ खरेलले हङ्रायो भेटिएको क्षेत्रलाई संरक्षण र खोज अनुसन्धानको केन्द्र बनाउन सकिने सुझाव दिए ।

हङ«ायो पहिलो पटक सन् १८२९ मा नेपालमा भेटिएको थियो । त्यसपछि सन १८५० मा नेपालबाटै संकलन गरिएको हङ्रायोको नमुना बेल्जियममा संग्रहित गरिएको बताइन्छ । खरेलले आफूले भेटेको हङ्रायो रैथाने हुनसक्ने बताउँछन् ।

‘उनीहरूको हाउभाउ हेर्दा वासस्थान पनि नजिकै हुनुपर्छ, डुलन्ते भए एकै ठाउँमा धेरैबेर बस्दैन’, उनले भने, ‘स्थानीयले पनि त्यहाँ लप्सीको बोटमा देखेका रहेछन्, हामीले फोटो देखाएपछि स्थानीयले पहिले पनि त्यो चरा त्यहाँ देखेको सुनाए ।’

नेपालमा डेढसय वर्षयता हङ्रायो देखिएको थिएन । लामो समयदेखि नेपालमा नदेखिएपछि सन १९८५ पछि नेपाबाट हङ्रायो हराएको अनुमान गर्न थालिएको थियो । विज्ञहरूको अनुसन्धानविना नै सन् २०२० आइयुसिएनको चरासम्बन्धी डकुमेन्टमा हङ्रायो नेपालबाट लोप भइसकेको उल्लेख गरिएको जैविक विविधताका अध्येता कमल मादेनले बताए ।

‘नेपालमा अनुसन्धानै नगरी हङ्रायोलाई नेपालबाट लोप भएको चराहरूको सूचिमा गणना गर्न थालिएको थियो’, मादेनले भने, ‘नेपाललमानै पहिलो पटक फोटो कैद भएपछि नेपालबाट लोप भएको छैन भन्ने पुष्टि भयो ।’

नेपालमा ८८६ प्रजातिका चराचुरुङ्गी पाइन्छ । नयाँ फेला परेका दुई प्रजातिका चरा सूचीकरणको प्रक्रियामा छन् । ती प्रजातिको सूचीकरण पूरा भएपछि नेपालमा पाइने चराचुरुङ्गीको संख्या ८८८ पुग्नेछ । इलाममा मात्र ४०० भन्दा बढि प्रजातिको चराचुरुङ्गी पाइने गरेको अनुमान छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।