तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान

तेह्रथुम, १२ पुस/तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएकाे छ । नयाँ बगैँचा विस्तार र सेपिलाे ओसिलाे क्षेत्रमा रहेका बगानमा धेरै सुन्तला फलेका कारण उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र धनकुटाकाे तथ्यांक छ । तेह्रथुममा वार्षिक तीन हजार आठ सयभन्दा बढी मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । आर्थिक बर्ष २०७७/०७८ मा तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गतवर्षको तुलना यसबर्ष १३ मेट्रिक टन उत्पादन बढ्ने ज्ञान केन्द्रकाे अनुमान छ ।

जिल्लाको ६ वटै स्थानीय तहमा सुन्तला उत्पादन हुँदै आएको छ । जसमध्ये आठराई गाउँपालिकामा सबैभन्दा बढी उत्पादन हुँदै आएको छ । केन्द्रका प्रविधिक सहायता विशाल राईका छथर गाउँपालिकामा भने उत्पादन कमी हुने अनुमान छ । पुराना बगानहरू व्यवस्थापनमा कमी, रोग किराका संक्रमणका साथै खासगरी सिंचाई अभाव भएका सुख्खाग्रस्त क्षेत्रमा उत्पादन कमी हुने भएको हो ।

जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेती भन्दा पनि नगदेबालीतर्फ किसानहरू आकर्षिण हुँदै आएका छन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएका कारण पनि किसानहरू नगदेबालीतर्फ आकर्षित भएका हुन् । किसानहरूलाई सुन्तला खेतीमा व्यावसायिकता बनाउन ज्ञान केन्द्रले सुन्तला खेती बगैँचा सुधार कार्यक्रमका साथै विभिन्न तालिम गोष्ठी सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै सुन्तला किसानलाई सहज भएको छ ।

तेह्रथुममा उत्पादन भएको सुन्तला तराईका विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ । सामान्यतया ७० रुपैयाँदेखि एक सय रुपैयाँमा सुन्तला प्रतिकिलो बिक्री हुँदै आएको छ । सुन्तला खेतीले यहाँका किसानको जीवनस्तरसमेत उकासेको छ । दुई चार हजार रुपैयाँका लागि साहुँकाेमा पुग्दै आएका किसानको समस्या यही खेतीले टरेको छ ।

यहाँका किसानले एक रोपनीदेखि २० रोपनी क्षेत्रफलमा सुन्तला उत्पादन गर्दै आएका छन् । ज्ञान केन्द्रको तथ्यांङअनुसार तेह्रथुममा मात्रै ६ सय १६ हेक्टर उत्पादनशील क्षेत्रमा सुन्तला खेती हुँदै आएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।