जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन
खोटाङ, १३ पुस /खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मु टुको स मस्याबाट पी डित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औ षधि सेवन गर्दैआएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ अस्पताल लगिएपछि गत २८ माघदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।
निर्माण व्यवसायी संघ लमजुङको अध्यक्षमा पराजुली
लमजुङ, १३ पुस/निर्माण व्यवसायी संघ लमजुङको अध्यक्षमा सतिस पराजुली चयन भएका छन् । बेँसीशहर–११, उदिपुरमा भएकाे साताैँ अधिवेशन तथा १४औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे हाे ।
संघको वरिष्ठ उपाध्यक्षमा पुनः शत्रुधन श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा छविन्द्र जंग गुरुङ चयन भएका छन् ।
सचिवमा पंकज अधिकारी,सहसचिवमा सञ्जीव पौडेल र कोषाध्यक्षमा कृष्णबहादुर देउजा चयन भएका छन् ।
विद्यादेवी श्रेष्ठ, दिनेश विष्ट, कमल गुरुङ, महेन्द्र खनाल, राजु धिताल, राजेश अधिकारी, प्रतिक अधिकारी र नविन धिताल सदस्यमा चयन भएका छन् । संघमा चारवर्षे कार्यकाल रहन्छ ।


