पे,स्तोल सहित २ जना प,क्राउ

सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट पे,स्तोल सहित २ जनालाई प्रहरीले प,क्राउ गरेको छ । हिजो बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-१ स्थित बि.एस. होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पे,स्तोल सहित प,क्राउ गरिएको हो । होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको पेस्तोल २ थान, म्याग्जिन ४ थान, 7.65 mm को गोली ३ राउण्ड बरामद गरिएको हो । निजहरुबाट मोबाइल १ थान, BR50 K 0149 नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ । पे,स्तोल सहित प,क्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ।

यो पनि पढ्नुहोस्…गौरादह, १३ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई पन्च गठबन्धनको बिकास बिरोधि कठपुतली भएको बताउनुभयो । सोमवार एमाले गौरादह नगर कमिटि द्वारा वडा नं. ४ स्कुलचौनमा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताउनुभएको हो । एमालेको सरकारले सुरु गरेको बिकास निर्माण कार्यबाट डराएर पन्च गठबन्धनले आफु नेतृत्वको सरकार ढालेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो । माधव नेपाल नामको बन्चरोले आफ्नै पार्टी चिर्न खोजेको छ, माधव नेपाल के भएको होला ? उहाँले प्रश्न समेत गर्नुभयो ।

गाउँमा बस्नेहरूले एमाले राम्रो बुझेका छन् तर जुन पार्टीले माधव नेपाललाई प्रधानमन्त्री बनायो, जुन पार्टीमा माधव नेपालले १५ वर्ष नेतृत्व गरे त्यही पार्टी फुटाउन बन्चरो लिएर आफैं जाइलागे, उहाँले भन्नुभयो । माधव नेपालहरुले प्रतिगमन भन्दै लोकतन्त्र मास्ने काम गरेको समेत उहाँले बताउनुभयो । उहिले उहिले ६० वर्ष पुगेका वृद्धलाई कम्युनिस्टले गोलि हानेर मार्छन् भन्ने आरोप खेप्नु पर्थ्यो अहिले त्यो आरोप सुन्नु परेको छैन, २०५१ सालमा हामीले वृद्ध भत्ता सुरु गर्दा कनिका छरेको आरोप लगाइन्थ्यो तर अहिले जेष्ठनागरिक, एकल र अपांगता भएकाहरूले प्रती महिना ४ हजार पाउन थाली सकेका छन्, यो सम्भव भएको एमालेकै कारणबाट हो, ओलीले भन्नुभयो ।

हामीले १ लाख सम्मको स्वास्थ्य बिमा सन्चालन गर्यौं, खाता समेत आफैंले खोली दिएका छौं । विपन्न आवास कार्यक्रम हाम्रै पार्टीको सरकार बाट सम्भव भएको हो उहाँले भन्नुभयो । एमालेलाई गलत भन्नेहरु मुखमा ताला लगाउन बाध्य भएको समेत उहाँले बताउनुभयो । ग्रामीण सडकहरु पक्की सडकमा रुपान्तरण भएका छन्, जताततै पुल र कलबर्ट बनेका छ्न्, बिकास निर्माणले तिब्रता पाएको छ उहाँले बताउनुभयो । नेकपा एमालेले बिकासको लहर सृजना गरेको छ, भारतको एउटा बन्दरगाह प्रयोग गर्ने नेपालले अहिले चीन संग पारवहन सन्धि गरेपछि चिनियाँ बन्दरगाह पनि प्रयोग गर्न सकिएको छ र अहिले चीन र भारत गरि ४ वटा बन्दरगाह प्रयोग गर्न थालिएको छ।

आर्थिक रूपमा हामी हिजो निकै पछाडि थियौं, धेरैनै बिदेशी सहयता लिनु पर्थ्यो, अहिले हामी सक्षम बन्दै गएका छौँ , थुप्रै नयाँ नयाँ बिद्यालय बनाउदै गएका छौँ, बिकासको गति तिब्र भएको छ, स्वास्थ्य केन्द्र निर्माण गर्दैछौँ, कृषिमा आधुनिकीकरण योजना र त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना हाम्रै पार्टीको देन हो, राष्ट्रपति महिला उत्थान कार्यक्रम, राष्ट्रपति शैक्षिक जागरण कार्यक्रम, पुर्वाधार विकास कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जस्ता कार्यक्रमहरु हामीले सन्चालन गरेका छौँ, एमाले अध्यक्ष ओलीले भन्नुभयो ।

आज सहरहरूमा अनाथ भएका, अभिभावक विहिन बालबालिकाले खाते भएर हिड्नु परेको छैन, सबै कुराको प्रबन्ध सरकारले गरेको छ । जनताका समस्यालाई समाधान गर्नकालागि नेकपा एमालेको सरकार चाहिन्छ नेपालमा, उहाँले भन्नुभयो ।सेना, प्रहरी र सिपाहीहरु श्रेणीविहिन अवस्थामा थिए, २०५१ सालमा मैले गृहमन्त्री हुँदा श्रेणी बिभाजन गरेको थिएं। ओलीले स्मरण गर्नुभयो ।

कोभिडको अत्यन्तै प्रतिकुल अवस्थामा कर्मचारीको तलब २५ प्रतिशतले र मजदुरको तलब ४० प्रतिशतले हाम्रै सरकारको पालामा बढाइएको थियो । विकासको हिसाबले भन्ने हो भने विश्वका तिब्र आर्थिक विकास गर्ने १० मुलुक मध्येमा नेपाल पनि परेको छ यहि कारण विश्व वैंकले नेपाललाई राइजिङ स्टार अफ साउथ एसिया अर्थात राइजिङ स्टार अफ साउथ एसिया भनेर हाम्रो देशलाई सम्मान गरेको छ । बालबालिका र सामाजिक जागरणको क्षेत्रमा, कुरिती र कुसंस्कारका विरुद्ध नेकपा एमालेले चलाएको अभियान र त्यसले प्राप्त गरेका उपलब्धिहरु प्रसंसनिय छन् ।

बाल शिक्षाको सम्बन्धमा, बिद्यालय भर्ना सम्बन्धमा हामीले गरेको प्रगति असाधारण छ, गरिबी निवारणको सम्बन्धमा २२ प्रतिशत निरपेक्ष गरिवीको रेखामुनि रहेको नागरिकको सम्बन्धमा हामीले असाधारण काम गरेका छौँ ।महारानी झोडाको जग्गा सम्बन्धि समस्यामा मेरो नेतृत्वको सरकारले ९५ प्रतिशत काम सम्पन्न गरेपछि सरकार ढालियो, गठबन्धन सरकारले सबै काम लथालिङ्ग बनाइदियो , उहाँले भन्नुभयो ।तपाईंहरु चिन्ता नगर्नुहोस्, निर्वाचन पछि हामी पुनः सत्तामा जाने छौं अनि झोडाबासीका घर घरमा धनीपुर्जा पुर्याइदिने छौँ, अध्यक्ष ओलीले भन्नुभयो

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।