सिमावर्ति क्षेत्रमा सुरक्षा ब्यवस्था मजवुद बनाउन प्रहरी महानिरीक्षक थापा क्षेत्रीको निर्देशन

बिराटनगर, पौष १३ । सिमावर्ति क्षेत्रमा बिशेष निगरानी बढाई प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था मजवुद बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले झापा जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कार्मचारीहरुलाई निर्देशन दिनु भयो ।

आज दिउँसो जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणको क्रममा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो । खुल्ला सिमानाको कारण जिल्लामा हुने बिभिन्न अपराधिक गतिविधिहरुलाई निस्तेज गर्न अहोरात्र प्रहरी तैनाथ रहनु पर्ने बताउनु भयो ।

खुल्ला सिमाको कारणबाट हुने अपहरण, विस्फोटक पदार्थको ओसारपसार, मानव बेचबिखन, साना हतियार ओसापसार, जाली नोटको कारोवार, लागूऔषध ओसारपसार, भन्सार छली गरी चोरी निकासी जस्ता अपराधिक गतिविधिहरु जिल्लामा हुन गर्न नपाउने गरी कडा सुरक्षा ब्यवस्था मिलाई प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाले सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी आचार संहिताको पुर्णरुपमा पालना गर्न, शुन्य सहनशिलताको निति अपनाउन र आमनागरिक तथा सेवाग्राहीहरुलाई बिनम्रताका साथ सभ्य र शिष्ट बोलीवचन प्रयोग गरी बिना झंझट प्रहरी सेवा प्रदान गरी प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने गरी उच्च नैतिकताका साथ आफ्नो जिम्वेवारी वहन गर्न समेत निर्देशन दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖