वनभोज स्थलको रूपमा गुराँस र ढुंगाको बगैँचाले पर्यटक तान्दै

प्रकाश पाक्साँवा/तेह्रथुम, १४ पुस । गुराँसे वनको काख, चारैतिर पहाडले घेरिएको सुन्दर मैदान । विभिन्न आकृति कुँदिएका ढुंगाहरू । चिरविर चरीको अवाजसँगै मोहित हुन्छन् पर्यटकहरू । तराई विभिन्न गाउँ तथा सहरबाट रमाउन पुग्छन् पर्यटक । पूर्वी नेपालमा एक परिचित पर्यटकीय स्थल हो, तिनजुरे । यही तिनजुरेको फेदीमा रहेको आरआर गार्डेन (गुराँस र ढुंगाको बगैचा) यतिबेला वनभोजको लागि पर्यटकहरूको गन्तव्य स्थल बनेको छ ।

तेह्रथुमको लालिगुराँस नगरपालिकाको बसन्तपुर बजार नजिकै रहेको यो गार्डेनमा पछिल्लो समय वनभोजकै लागि आउने पर्यटकहरूको संख्या बढ्दो छ । सिरसिर बताससँगै शान्त सुन्दर वातावरणमा रहेको छ यो स्थान । विशेष गरी शनिबार तथा सार्वजनिक बिदाको दिन पर्यटकहरूको चाप निकै बढी हुने गरेको छ ।

भौगोलिक वातारण तथा प्रकृतिको सुन्दरता बोकेको गुराँसे वनको काखमा वनभोजमा रमाउनुको मजै नै बेग्लै भएको मोरङबाट वनभोजका लागि आएका समीर सावादेनले बताए । उनी भन्छन्, ‘तराईको कृतिम पार्कहरू भन्दा प्राकृतिक सौदर्यतामा रमाउनुको आनन्द छुट्टै हुन्छ । त्यसैले आएका हौँ ।’ चारैतिर घेराबारासँगै गार्डेनको बीचमा पोखरी निमार्ण गरिएको छ ।

यहाँ आउने पर्यटकहरूलाई वनभोजका लागि सहज बनाउने खानेपानीको व्यवस्थासमेत गरिएको छ । बगैँचाको बीच बीचमा विश्रामस्थल बनाइएको छ ।
गार्डेनमा पुगेपछि मोहित बनेको पर्यटक साइन राईले बताए । साना तथा ठूला सवारीसाधानबाट सहजै रुपमा पुग्न सकिने यो गार्डेन गुराँस र ढुंगाको बगैँचाको रूपमा चिनिएको छ ।

पारिवारिक तथा सामूहिक भोज गर्नका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् । हिउँदयाममा यहाँ दैनिक रूपमा पर्यटकहरू सयाँैको संख्यामा आउने गरेको होटल व्यवसायी श्री कार्कीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।