दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने

खोटाङ, १५ पुस /किसानलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ग्लोबल आइएमई बैंक र आरए ण्ड डि इनोभेटिभ सोलुसनबीच कर्जा सहजीकरणसम्बन्धी समझदारी भएकाे छ ।

व्यवसायिक कृषिमार्फत आत्मनिर्भर किसान बनाउन इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नगरपालिकाका उपमेयर विणादेवी राईले त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कृषि व्यवसाय तथा उद्यम गर्नका लागि आवश्यक वित्तिय, प्राविधिक, बजार व्यवस्थापन तथा समन्वय गरी साना स्तरका किसानलाई व्यवसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य गर्न समझदारी भएकाे नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका करिब एक हजार किसानलाई साना कृषि कर्जा प्रवाह गर्ने लक्ष्य राखिएकाे छ । बैंकले ५ वर्षका लागि प्रतिकृषक बढीमा २ लाख कर्जा स्वीकृत गरी लगानी गर्ने उपमेयर राईले बताइन् ।

किसानलाई प्राप्त कर्जा तथा अन्य स्राेतसाधनको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित विषयमा निःशुल्क तालिम पनि दिइने भएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।