आठाैँ पटक थपिएकाे म्यादमा सकियाे सोलु कोरिडोर प्रसारण लाइन

उदयपुर, १५ पुस/साढे तीन वर्षदेखि अवरुद्ध राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित स्थानीयवासीले एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा आयाेजनाले उनीहरूकाे माग सम्बोधन गरेपछि रोकिएको काम पूरा भएकाे हाे ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ ०७६ देखि व्यवसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै खेर गइरहेको थियाे ।

सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर र तार तान्ने काम सम्पन्न भएको हो । आठौ पटक थपिएको म्याद सकिन दुई दिनअघि निर्माण सम्पन्न भएको हो । पछिल्लो पटक थपिएको म्याद ३१ डिसेम्बर २०२१ मा सकिँदैछ । टावर निर्माण, तार तान्ने काम सम्पन्न भएपछि अब तारमुनि पर्ने रुखहरू काट्ने काम भई रहेको आयोजना निर्माण कम्पनीका सम्पर्क अधिकृत दीपक गौतमले जानकारी दिए । रुख काट्ने काम करिब एक सातामा सक्ने लक्ष्य लिएको सम्पर्क अधिकृत गौतमको भनाइ छ । आगामी जनवरीभित्र सबै काम सम्पन्न गरी व्यवसायीक रुपमा लाइन प्रसारण गरिने योजना रहेको उनकाे भनाइ छ ।

सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजना २५ सेप्टेम्बर २०१६ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भइ काम सुरू गरेको थियाे । आयोजनाको काम ३१ डिसेम्बर ०२१ मा सक्ने गरी आठौँ पटक म्याद थप गरेको थियो । कटारी नगरपालिका-४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाइन्टमेन्ट परिर्वतनको माग्दै अवरोध गरेका थिए । उनीहरूले एलाइन्टमेन्ट परिर्वतन हुन नसके ०७५ सालमा निर्धारण भएकाे मुआब्जा पुन: मुल्याङकन गर्न माग गरेका थियो । तीन वर्षअघि प्रतिकठ्ठा २० लाखका दर मुल्याङ्कन गरेमा अहिले नगरपालिकाले सिफारिस गरेको प्रतिकठ्ठा ५० लाख अनुसार मुआब्जा हुनु पर्ने माग गर्दै आएको थियो ।

तीन करोड मुआब्जा वितरण
आयोजनाले उदयपुरको कटारी नगरपालिका वडा नम्वर २, ३, ४ र ५ को मरुवा, सिम्ले, बर्मझियाका बासिन्दाको अवरोधपछि प्रभावित क्षेत्रका नम्बरी र ऐलानी जग्गाको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । सरकारले सो क्षेत्रका स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार करोड ५० लाख रुपैयाँ रकम निकासा गरेकामा हालसम्म तीन करोड रुपैयाँ मुआब्जाबापत भुक्तानी दिई सकेकाे आयोजनाका सम्पर्क व्यक्ति गौतमले बताए । आयोजनाको निर्माण खर्च करिब दुई अर्ब ५० करोड रुपैयाँ पुग्ने गौतमको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖