अब उदयपुरबाटै ई-पासपोर्ट पाइने

उदयपुर, १५ पुस/जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेकाे छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लािग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएकाे छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।’

नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जाँदा समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अनुरोध गरेका छन् । उनका अनुसार हामीलाई प्राप्त जानकारीअनुसार ई-पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिन भित्र बनेर आउँछ ।

के हो ई पासपोर्ट ?
ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ । इलेक्ट्रोनिक राहदानी एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । ई-पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग हुन्छ । त्यसमै पासपोर्टबाहक व्यक्तिगतकाे विवरणसहित बायोमेट्रिक डाटा राखिन्छ । याे पासपोर्टलाई मेसिन/कम्प्युटरले सहजै रिड गर्न सक्छ ।

ई-पासपोर्ट लाग’ भएपछि पासपोर्टकाे दुरुपयोग घट्ने अपेक्षा छ । किन भने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको हुन्छ । यस्ता जैविक संकेतहरु एर्कासँग (अपवाद बाहेक) मिल्दैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।