पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य

विशाल बस्नेत/महोत्तरी, १६ पुस ।महोत्तरीको जलेश्वर र बर्दिबासमा काेभिड-१९ विरुद्धकाे खाेप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खाेप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेकाे जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोपकाे पहुँचका लागि नयाँ रणनीति बनेको छ । २१ पुसदेखि १५ वटै पालिकाका हरेक टोलमा पुगेर खोप लगाउने र प्रचारप्रसारलाई समेत अगाडि बढाइने उनले बताए ।

पुसभित्र जिल्लाका ६६ प्रतिशत नागरिकमामा खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । अहिलेसम्म जिल्लाकाे कुल जनसंख्याको ५४ प्रतिशतमा मात्र पहिलो डोज खोप लगाइएको र ३३ प्रतिशतले पहिलो र दोस्राे डोज खोप लिएको स्वास्थ्य कार्यालयकाे तथ्यांक छ ।

खोप नै लगाउन नपाएका मुसहर समुदायका लागिसमेत लक्षित गरी खोप अभियान तीब्र बनाइने उनले बताए । १२ -१७ वर्ष उमेरका बालबालिकाका लागि लक्षित खोप झण्डै ६७ प्रतिशतले लगाइसकेका छन् भने छिटफुट भएका ठाउँमा पुन: खोप अभियान चलाउने प्रमुख यादवले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।