चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको २० किलोमिटर एकीकरण पदयात्रा

उदयपुर, १८ पुस/उदयपुरको चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकिकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेनाकाे रणशार्दुल गणले चौदण्डीगढी किल्लामा शनिबार एकीकरण पदयात्रा सञ्चालन गरेको हो ।

नेपाली सेनाको आयोजनामा चौदण्डीगढी नगरपालिका–. ६ बेल्टार बजारबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सांस्कृतिक झाँकीसहित मार्चपास गरेको थियो । टाेली चौदण्डीगढी नगरपालिकाकै वडा नं. १ स्थित ऐतिहासिक चौदण्डीगढी किल्ला क्षेत्रसम्म पुगेकाे थियाे ।

समाराेहमा प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोरा, चौदण्डीगढी नगरपालिका वडा नं. १ का जनप्रतिनिधी, स्थानीय बुद्धिजिवीलगायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणका साथै राष्ट्रिय एकता र प्रतिष्ठाको प्रबर्द्धन हुने नेपाली सेनाले बताएको छ । नेपाली सेनाको रणशार्दुल गणले लामेसमयदेखि गढी किल्ला संरक्षण तथा प्रबर्द्धको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संयुक्त टोलीले बेल्टार बजारदेखि चौदण्डीगढी दरबार सम्म करिब २० किलोमिटर पदयात्रा गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।