स्वास्थ्य चौकीमा सिटामोल पनि सकियाे

खड्क सुनार/मुगु, १८ पुस । हिमाली जिल्ला मुगुकाे सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेकाे छ । ‍औषधि अभावका कारण उपचारका लागि चाैकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका छन् ।

विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका-६ सोरुकोटका बलिराज शाहीले बताए । जसका कारण दुर्गमका सर्वसाधारण सामान्य बिरामी हुँदा समेत ज्यान गुमाउन बाध्य छन् ।

स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज आर्यायका अनुसार गाउँपालिकाबाट आउने औषधिले गत बर्ष जम्मा तीन महिना पुगेकाे थियाे । याे वर्ष अहिलेसम्म कुनै पनि तहकाे सरकारबाट औषधि आएको छैन । अब त सिटामोलसम्म पनि बाँकी नरहेकाे उनकाे भनाइ छ । औषधिका लागि धेरै पटक पालिकासँग माग गरे पनि नपाएकाे उनले बताए । चाैकीमा कहिलेकाही सुत्केरी गराउन आउँदा समेत प्रर्याप्त सामाग्री अभाव हुने गरेकाे उनले बताए । ‘विधुत नहुँदा मोबाइलको लाइट बालेर सुत्केरी गराउन बाध्य छाै‌,’ स्वास्थ्य चौकी नार्थपुका अहेब आर्यायले भने । उनका अनुसार औषधिको अभावले स्टाेर पनि खाली भएकाे छ ।

सोरु गाउँपालिका स्वास्थ्य शाखाका संयाेजक कर्णबहादुर सावतका अनुसार आव २०७७/७८ मा खरिद गरेको औषधिले अहिलेसम्म काम चलेकाे छ । आव २०७८/०८९ को औषधि खरिद गर्न पालिकाबाट बजेट बिनियोजन गरे पनि प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदलले खाता सन्चालनलगायत नहुँदा पालिकाभित्र औषधिको चरम अभाव भएको हाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।