विद्यालयमा पानी अभावः घरबाटै पानी बोक्न बाध्य विद्यार्थी

बागलुङ, १८ पुस /बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ ।

खानेपानी व्यवस्थापनका लागि बर्सेनी बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरूले घरबाटै बोतलमा पानी बोक्न बाध्य छन् ।

पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ । विद्यालयमा पानीको निकै समस्या छ । केही नजिकको साथीहरू हुनुहुन्छ, कोही भने धेरै टाढाको पनि हुनुहुन्छ । ‘विद्यालयको धारामा पानी नै आउँदैन, पानी आयो भने पनि फोहोर हुन्छ’, कक्षा १० मा अध्ययनरत विद्यार्थी अनुजा सुनारले भने, ‘टाढाटाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुल ब्याकुल परिन्छ ।’

रजस्वलाको समयमा छात्राहरू विद्यालयमा जानै मान्दैनन् । शौचालय प्रयोग गर्न विद्यार्थीले विद्यालय नजिकका घरबाट पानी माग्ने गरेका विद्यार्थीको गुनासो छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थी विशाल पौडेलले भने, ‘विद्यार्थीले घरबाटै पानी ल्याउँछौँ, विद्यालयको शौचालयमा पानी नै छैन ।’

खानेपानीको चरम समस्या भएपछि विद्यार्थी संख्या पनि कमी हुँदै गएको छ । विद्यालयलाई पायक पर्ने स्थानमा मुहानसमेत छैन । हाल विद्यालयमा पानी ल्याउने मुहान विद्यालयभन्दा चार किलोमिटर टाढा छ । बेलाबेला आउने पानीसँगै लेदो तथा फोहोर पनि आउने गर्दछ । सो कारण विद्यार्थीले उक्त पानी प्रयोग गर्न सक्दैनन् ।

प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहका लागि एक र माध्यामिक तहको लागि एक धारा रहे पनि विभिन्न समयमा निर्माण भएका बाटोका कारण विद्यालयसम्म पानी आउन नसकेको हो । ‘मुस्किलले एक सय लिटर पानी मात्र विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुर्याउन नै समस्या भएको छ,’ प्रधानाध्यापक शर्माले भने, ‘खानेपानीलाई निवेदन लेखेको छु, नगर प्रमुख तथा सरोकारवालासँग सहकार्य गरिरहेका छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।