नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित

विराटनगर, १८ पुस/नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि अध्ययनरत विद्यार्थी थप आन्दोलित भएका छन् । चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनले विद्यार्थीको आन्दोलमा ऐक्यबद्धता जनाएपछि विद्यार्थीहरू थप आन्दोलित बनेका हुन् । आन्दोलनरत विद्यार्थीले आइतबार नोबेल मेडिकल कलेजको प्रगांणमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी नतिर्ने भन्दै उनीहरू आन्दोलित बनेका हुन् । आयोगले तोकेको भन्दा बढी शुल्क लिन विद्यार्थीलाई दबाब दिन खोजेपछि एमबीबीएस पढ्ने बिद्यार्थीको संगठन चिकित्सा शिक्षा संघर्ष समितिका प्रतिनिधिसमेत विराटनगर आएका छन् । पोखरादेखि विराटनगर आएर समितिका विद्यार्थी नेताहरूले आन्दोलनरत विद्यार्थीलाई साथ दिएका छन् । विद्यार्थीलाई राज्यको नियम लागु हुने मेडिकल कलेजका संचालकलाई कार्वाही नहुने भएपछि आदोलनलाई देशव्यापी बनाउने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक पर्शु भट्टराईले बताए ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा करिब पाँच लाख रुपैयाँ बढी मागेपछि अभिभावकसमेत आन्दोलनमा उत्रिएका छन् । कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिँदै आएको छ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीको पठनपाठन रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा ११ पुसदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाए पढाउन नसक्ने विद्यार्थीलाई जानकारी गराएको थियो ।

कलेजले ११ पुसबाट कक्षा सुरू गरे पनि १२ पुसदेखि भने अतिरिक्त शुल्क नबुझाउने बिद्यार्थीको पठनपाठन रोकेको छ । कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालेपछि शिक्षा आयोगले तोकेको शुल्क बुझाउँदा पनि उनीहरू पढ्नबाट बञ्चित बनेका छन् । नेकपा एमाले तथा नेकपा एकिकृत समाजवादीका विद्यार्थी संगठनहरूले आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै आन्दोलन गरिरहेका छन् । आयोगले तोकेको भन्दाबढी शुल्क लिए थप आन्दोलन गर्ने नेकपा (एस) निकट अनेरास्वियूका नेता वासिम आलमले बताए । विद्यार्थीहरूको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको समेत उनले बताए ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनिल शर्माले अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरू गर्ने अडानमा राख्दै आएका छन् । पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत संचालकले बेवास्ता गरेकोले थप आन्दोलन गर्ने एमाले निकट अनेरास्वियूले चेतावनी दिएको छ । आयोगले तोकेकोभन्दा बढी शुल्क नलिन भन्दै चेतावनीसहितको पत्र प्रशासनलाई बुझाएको अनेरास्वियूका नेता पवन पहाडीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।