बेपत्ता परिवारका सदस्यलाई परिचय पत्र बाँड्दै आयोग

ओखलढुंगा, १८ पुस /बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जिल्लामा द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण गरेको छ । आयोगका पदाधिकारीहरूको उपस्थितिमा द्व न्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका नजिकका हकदार तथा परिवारका सदस्यहरूलाई द्वन्द्व पीडित परिचय पत्र वितरण गरेको हो ।

ओखलढुंगामा शस त्र द्व न्द्वको समयमा बेपत्ता पारिएका व्यक्ति २२ जना पहिचान भएका छन् । केही वर्ष पहिले उजुरी आह्वान गरेर आयोगले छानबिन गर्न अभिलेख तयार गरेको थियो । त्यसरी पहिचान भएका व्यक्तिका परिवारका सदस्य तथा नजिकका हकदारलाई परिचय पत्र वितरण गरिएको हो । देशभर २ हजार ५५५ जना बेपत्ता व्यक्ति रहेको आयोगका अध्यक्ष युवराज सुवेदीले बताए ।

उनले सञ्चारकमर्मीहरूसँग कुरा गर्दै द्व न्द्व पीडितलाई सबैले सकेको सहयोग सेवा सुविधा तथा राज्यafट परिपूरण हुनु पर्ने र उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरे । देशभर हालसम्म २ हजार ९३ लाई परिचय पत्र वितरण गरिएको पनि उनले जानकारी गराए । ओखलढुंगामा भने ८ घटनाका १० जना पीडितलाई जिल्लाबाट परिचय पत्र वितरण गरिएको छ भने अन्यलाई उनीहरूको अनुकूलतामा काठमाडौंबाट गर्ने तयारी भएको बताइएको छ ।

यसरी परिचय पत्र पाउने पीडितहरूलाई राज्यका निकायले स्वास्थ्य तथा शिक्षा रोजगारको सुनिश्चितता गर्न, आयकर, यातायातमा आधा छुट, सहुलियतपूर्ण व्याजमा ऋण तथा प्रदेश स्तरमा कम्तीमा १० र पालिका तहमा कम्तीमा २ जनालाई रोजगारीको सुनिश्चितता गर्न सरकारलाई सिफारिस समेत गरिसकेको छ । स्थानीय सरकार र प्रदेश सरकारले रोजगारी तथा आवासको व्यवस्था स्वास्थ्य शिक्षाको नि:शुल्क व्यवस्था गर्न अध्यक्ष सुवेदीले आग्रह गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।