दिक्षा तामाङ र स्यान्टु श्रेष्ठले जिते स्वर्ण पदक

काठमाडौं, १८ पुस /नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रियस्तर टेबल टेनिस प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् ।

दिक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४-२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरिन् । रविनाले २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेश्रो स्थानमा रहेकी सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले दश दश हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे ।

युथ अफ तुलसीपुर दाङको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियाँलाई ४-२ ले पराजित गर्दै पुरुष एकलको उपाधि हात पारे । उनले नगद ४० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे । विनेशले नगद २० हजार प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउद र एपीएफका संयोगक कपालीले नगद १०/१० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

१६-१८ पुससम्म सञ्चालन भएको प्रतियोगितामा महिला टिम ईभेन्ट्समा नेपाली सेनाले जित निकाल्यो । सेनाले एपीएफलाई ३-२ को जित निकाल्दै उपाधि उचालेको हो । विजयी सेनाले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपविजेता टिम एपीएफले नगद २० हजार र तृतीय स्थान प्राप्त गर्ने पुलिसले नगद ५ हजार प्राप्त गरे ।

पुरुषतर्फ पुलिस पहिलो, सेना दोश्रो र एपिएफ तेश्रो भए । पुलिसले नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । सेनाले ट्रफी मेडल र प्रमाणपत्रका साथ नगद २० हजार र तेश्रो स्थानमा रहेको एपीएफले नगद ५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको एपीएफका प्रशिक्षक राजेन्द्रबहादुर दुलालले दाङबाट जानकारी गराए ।

विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस खेलकुद विभाग सदस्य बृजेन्द्र हमालको पनि उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖