उर्लावारीमा मोटरसाईकल दु’र्घटना, चालकको मृ’त्यु

मोरङ, पौष १९ ।मोरङको उर्लावारी नगरपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा मोटरसाईकल अनियन्त्रित भई दु र्घटना हुँदा मोटरसाईकल चालकको मृ त्यु भएको छ । हिजो बिहान सवा १० बजे मोरङ उर्लावारी नगरपालिका-१ का २८ बर्षीय बिजय शर्माले चलाएको प्रदेश १-०२-०४७ प १८१४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दु र्घटना भएको थियो । दु र्घटनाबाट घाईते शर्माको उर्लावारी स्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।

कर्णाली प्रदेशका लागि एमालेले गर्‍याे राष्ट्रियसभाकाे उम्मेदवार छनाेट
सुर्खेत, १९ पुस/नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो ।

राष्ट्रियसभाका लागि नाै जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए । राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले) फागुन १८ पदावधि सकिदैँ छ । अन्य राजनीतिक दलहरुले अहिले उम्मेदवारको टुङ्गो लगाउनका सकेका छैनन् ।

कर्णालीमा कस्तो छ मतभार

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा मतभारका हिसावले सबैभन्दा ठुलो दल माओवादी केन्द्रमा रहेको छ । एमाले दाेस्राे , नेपाली कांग्रेस तेस्राे दल, नेकपा (एकीकृत समाजवादी) चौथो र रापप्रा नेपाल पाँचौँ दलका रुपमा रहेको छन् ।

माओवादी केन्द्रका स्थानीय तहमा ५२ पदाधिकारी छन् । उनीहरूको मतभार ९३६ र प्रदेश सांसद १२ जनाको ५७६ मतभार गरेर कुल १५१२ मतभार छ ।
एमालेकासँग प्रदेश सांसद १३ जना छन् । उनीहरुको मतभार ६२४ र ४५ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार ८१० रहेको छ । एमालेसँग कुल मतभार १४३४ रहेको छ ।

नेपाली कांग्रेससँग स्थानीय तहका जनप्रतिनिधिको मतभार ७२० र ६ जना प्रदेश सांसदको २८८ मतभार छ । कांग्रेससँग कुल मतभार १००८ मत छ ।कर्णालीमा एकीकृत समाजवादीका तीन जना प्रदेश सांसद छन् भने स्थानीय तहका १३ जना जनप्रतिनिधि छन् । प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १८ हुन्छ । तीन जना प्रदेश सांसदको मतभार १४४ र १३ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार २३४ जोड्दा ३७८ रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।