देवकोटा आधारभूत विद्यालयमा दिवा खाजाको रकम हिनामिना

संखुवासभा, १९ पुस /संखुवासभाको पाँचखपन नगरपालिका-३ माक्सुवास्थित देवकोटा आधारभूत विद्यालयमा विद्यार्थीको दिवा खाजाको रकममा अनियमितता देखिएको छ । कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रमबापतको रकममा अनियमितता देखिएको हो । विद्यालयमा गत वर्ष १६ मंसिर ०७७ देखि दिवा खाजा कार्यक्रम सुरु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर वैद्यका अनुसार दिवा खाजाको कार्यक्रमको रकम विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले रकममा अनियमितता गरेको बताए । उनले नगरपालिकाबाट भुक्तानी लिएर खाजाको रकम कट्टी गरेर आफैले राखेको अध्यक्ष वैद्यले बताए ।

स्थानीय मिलनकुमारी आले मगरले सो विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएका थिए । उनले उक्त विद्यालयका विद्यार्थीलाई १७ वैशाख ०७८ सम्म दिवा खाजा खुवाए । सोबापत उनले पहिलो पटक ४० हजार नाै सय ५७ रुपैयाँ र अर्कोपटक ८२ हजार एक सय पाँच रुपैयाँ गरी जम्मा एक लाख २३ हजार ६२ रुपैंया तत्कालीन प्रधानाध्यापक दलमर्दन तिवारीमार्फत भुक्तानी लिएका थिए । तर तिवारीले दिवा खाजा कार्यक्रमअन्तर्गत पाँचखपन नगरपालिकाबाट एकमुष्ट एक लाख ४० हजार ६ सय ७० रुपैयाँ भुक्तानी लिएको देखिनएकाे छ ।

तिवारीले मिलनकुमारी मगरलाई भुक्तानी दिँदा पहिलोपटकको भुक्तानीमा करबापत भन्दै चार सय १३ र दोस्रोपटक एक हजार दुई सय ५० रुपैयाँ असुल गरेकाे स्थानीय मिलनकुमारी मगरले बताइन् । दिवा खाजा कार्यक्रमको पहिलो त्रैमासिक रकम भुक्तानीमा १.५ प्रतिशतले कर कट्टी गरिएको तर पछि कोष तथा लेखा नियन्त्रक खाँदबारीमा बुझ्दा कर कट्टी गर्न नमिल्ने बुझिएपछि पछिल्लो भुक्तानीमा कर कट्टी नगरिएको पाँचखपन नगर शिक्षा प्रमुख इन्द्र कार्कीले बताए । प्रतिशतका दरले कर कट्टी गरी भुक्तानी दिइएकाे छ ।

तिवारीले मासिक रूपमा विद्यार्थीहरूको विवरणअनुसार मिलनकुमारी मगरलाई भरपाई गराएका छन् । भरपाईअनुसार उनले नगरपालिकाबाट लिएको भुक्तानी रकममा हिसाब चुस्तदुरुस्त देखिन्छन् । तर उनले लिएको भुक्तानी रकम र मिलनकुमारी मगरलाई दिएको भुक्तानीमा १७ हजार ६ सय आठ रुपैयाँ हिनामिना भएको देखिन्छ । याे विषयमा तत्कालीन प्रअ तिवारीसँग कुरा गर्दा उनले आफूले हिनामिना नगरेकाे दाबी गरे ।

तिवारी प्रधानाध्यापक रहँदा भएका अनियमितताका विषयमा विद्यालय व्यवस्थापन समिति सदस्यहरूले चर्को विरोध गरिरहेका छन् । गत १० कात्तिकमा पुनर्गठित समितिले हिसाब चुस्त राख्नका लागि सम्पूर्ण कागजात खोज्ने क्रममा यस्तो भेटिएको अध्यक्ष वैद्यले बताए । तिवारी काजमा पाँचखपनकै खप्टुवा माध्यमिक विद्यालय गइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।