माई नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन

मङ्गलबारे, २१ पुस (रासस) : इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य जाँच गरिएको हो ।

शिविर सञ्चालन गर्न सानिमा हाइड्रोपावर लिमिटेड माईले सहयोग गरेको थियो । दानाबारी स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न शिविरमा माई, देउमाई, इलाम र मेची नगरपालिकाका सर्वसाधारणको उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाका अध्यक्ष मित्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

शिविरमा डा पिताम्बर ठाकुर, डा आनन्दराज खनाल, डा मेघना तिवारी, डा सिपी यादव, डा योगेन्द्र राउत, डा सन्ध्या भट्टराईलगायत चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको गौतमले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।