यात्रुबहाक बस दु,र्घटना हुँदा एक नौ महिने शिशुको मृ,त्यु

तुलसीपुर, २६ पुस । दाङमा यात्रुबहाक बस दु,र्घटना हुँदा एक नौ महिने शिशुको मृ,त्यु भएको छ ।आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दु,र्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालको म,त्यु भएको हो । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दु,र्घटना हुँदा सख्त घा,इते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृ,त्यु भएको थियो । दु,र्घटनामा अन्य नौ घा,इते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकार िदिनुभयो ।

घाइते हुनेहरूमा वीरगञ्ज उपमहानगरपालिका– १६ निवासी ३५ वर्षीय रतन शाही, रौतहट पूर्वाह गाउँपालिका ६ निवासी ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहार निवासी ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत छिन्चु नगरपालिका–९ निवासी १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् । त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका– १ निवासीे ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका– १८ निवासी ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका ७ निवासी ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ निवासी ५२ वर्षीय गोरख रावत सामान्य घा,इते भएका थिए । घा,इते सबैको लमही अस्पतालमा उपचारपछि घर गइसकेको प्रहरीले बताएको छ । बसमा २० यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस…काँग्रेसलाई ११ मन्त्रालय दिने, एमालेले ८ मन्त्रालय लिने र बाँकी मन्त्रालयमा सहायक दललाई समेट्ने ओलीकोकाठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकोभेटवार्ता सतहमा आएजस्तो विषयमा मात्रै केन्द्रीत रहेन । किनकि ओलीले देउवासँगको भेटवार्तामा राजनीतिक कोर्ष करेक्शनकै विषय प्रस्ताव गरेका छन् ।गत भदौ २३ देखि संसद्मा जारी गतिरोध अन्त्य र एमसीसी अनुमोदनको विषयमा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचकोएक्लाएक्लै वार्ता सकियो कि राजनीतिक कोर्ष करेक्शनकै तहमा पुग्यो ?शनिबारदेखि केहीप्रश्नहरु राजनीतिक वृत्तमा उब्जएिको छ ।

किनकि झण्डै चार महिनादेखि चिढीएको प्रतिपक्षलाई फकाउन कुनै कसरत नै नगरेको सत्तापक्ष एमाले अध्यक्षकै दैलोमा पुगेर संवादको सुरुवात गरेको छ । यसले केवल औपचारिकता मात्र नभएर नयाँ राजनीतिक घटना परिघटित हुने संकेतसमेत गरेको छ । फलतः देउवा र ओलीबीचको भेटवार्ताका विषय जति सतहमा आएका छन् त्यो भन्दा धेरै अन्तर्यमा उनीहरुको उठबस छ भन्ने अडकल छ ।संसदको अवरोध हटाउन र एमसीसी सम्झौता संसद्बाट पारित गर्न त एमाले अध्यक्ष ओलीको कुनै विमती नै छैन । किनकि एमसीसी यसअघि नै ओलीले पास गर्न चाहेकै विषय हो भने संसद अवरोध आफ्ना माग सम्बोधनको अस्त्र हो । यसैलाई हतियार बनाएर ओली गठबन्धन भत्काउनेदेखि सत्ता साझेदारीसम्मको मार्ग तयार पारिरहेका छन् । एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको वार्तामा ओलीले समीकरण फेरबदलको कुरालाईमुख्य प्रस्तावका रुपमा अघि बढाएका थिए ।

राष्ट्रिय सभा निर्वाचन पछि सत्ता समीकरण फेरबदल गर्दै एमाले र काँग्रेससहित केही साना दलको सहभागितामासरकार बनाउने, देउवालाई प्रधानमन्त्रीकै रुपमा निरन्तरता दिएर काँग्रेसलाई ११ मन्त्रालय दिने, एमालेले ८ मन्त्रालय लिने र बाँकी मन्त्रालयमा सहायक दललाई समेट्ने ओलीको प्रस्ताव थियो ।यसो गर्दा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई राजनीतिक खेलबाटै पत्तासाप पार्ने सकिने ओलीको दृढ विश्वास देखिन्छ । तर बाँकी प्रधानमन्त्री देउवाकै हातमा रहेको एमाले नेताहरु बताउँछन् ।

सांगठनिक आधार कमजोर र विभाजनको मार खेपेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ताकै आडमा चुनावमा गएर जनाधार तयार गर्ने अनि सत्ता स्वाद लिइरहने दाउमा छन् । तर एमाले चाहीँ त्यस्तो रणनीति भत्काउने दाउमा छ । यसैकारण ओली एमाले र काँग्रेसको समीकरणसहित सरकार बनाउने र लगत्तै संसदीय चुनाव घोषणा गर्ने चाहनामा लिप्तरहेको विज्ञहरुको बुझाई छ । यसो गरे एमसीसी पास गर्न कुनै समस्या नपर्ने आश्वासनसमेत देउवालाई दिएका छन् ।

अबको राजनीतिक खेलमा स्वदेशी खेलाडीमात्रै होइन बाह्य चलखेल पनि सक्रिय हुने आँकलन कतिपयको छ । समीकरण फेरबदल भएपनि चुनाव घोषणा गर्न दिने र राष्ट्रिय मुद्दामा किचलो मच्चाएर चुनावमा भाँजो हालिरहने नीति विदेशीको हुन सक्छ ।यसबाहेक ओली र देउवाको तयारीमा सभामुखसमेत निर्णायक अवरोधक बन्न सक्नेछन् । ओलीसँग मिलेर एमसीसी पारित गर्न देउवा अघि बढे सभामुखले रोक्न सक्ने आधार छ । जुन खेल पुन शक्तिको दुरुपयोगमा टुंगिन सक्छ । तर एमसीसीकै कार्ड फालेर देउवालाई नयाँ सभामुख ल्याउन बाध्य पार्ने ओलीको अर्काे तयारी हो कि ? त्यो संसय पनि पारिलो बनेर उदाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।