धनकुटाको चौबिसे गाउँपालिकाले विद्यालयमा नियमित पठन पाठन गराउने

धनकुटा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको भए पनि धनकुटाको चौबिसे गाउँपालिकाले नियमित कक्षा संचालन गर्न सामुदायीक तथा संस्थागत विद्यालयहरु लाई निर्देशन गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतमान जीमीले गाउँपालिका भित्र कोभिड १९ संक्रमण नदेखिएको र विद्यालयका शिक्षक कर्मचारी तथा तोकिएका उमेर समुहका विद्यार्थी कोभिड १९ विरुद्धको खोप लगाउने अभियान समेत सम्पन्न भई सकेकोले लामो समय सम्म विद्यालय बन्द हुदा विद्यार्थीहरुमा नकारात्मक असर देखिएको र माघ १५ पछि पनि विद्यालय संचालन हुने स्पस्ट आधार नदेखिएकोले वालबालिको सिकाईमा प्रतिकुल असर पर्ने कुरा लाई मध्यनजर गर्दै विद्यालयमा नियमित पठनपाठन गर्न भनिएको छ ।

तर विद्यालय संचालन गर्दा स्वाथ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न विज्ञप्तीमा भनिएको छ । कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र९सीसीएमसीसी०ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालय बन्द गर्न निर्णय गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।