भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

नयाँ दिल्ली,२८ पुस। भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ ।दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११।५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ ।

महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् ।दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमितहरु रहेको जनाइएको छ । अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय सङ्क्रमित रहेका थिए ।

यो पनि पढ्नुहोस…काठमाडौं । आफ्नो भारतले अ,तिक्रमण गर्दा सरकार निरिह भएर टुलुटुलु हेर्न बाध्य छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र भारतले हडपेको ६ दशक नाघिसक्यो ।लिपुलेक क्षेत्रमा उसले सडक विस्तार गर्न छाडेको छैन । त्यति मात्र होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त नेपालले राजनीतिक र प्रशासनिक नक्सामा रहेको लिपुलेक क्षेत्रमा सडक विस्तार गरेको सगर्व बताउँदै नेपालको सार्वभौमिकतामाथि ठाडो प्रहार गरेका छन् । यति हुँदा पनि नेपाल सरकार मौन छ । आफ्नो अस्मितामाथि प्र,हार हुँदा सरकार किन बोल्दैन ?

भारतीय प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति आउनुभन्दा दुई वर्षअघि नै नेपाल सरकारले लिपुलेक आसपासमा भइरहेका निर्माणबारे कूटनीतिक नोटमार्फत् विरोध गरिसकेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले २०७७ साल जेठ ७ गते लिपुलेकसहित नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुभएको थियो ।२०७७ जेठ ३१ गते संसदबाट नयाँ नक्सा सर्वसम्मत अनुमोदित भएको थियो । तर ऐतिहासिक दस्तावेजसहितका आधारमा नेपाली भूमि प्रमाणित भइसकेको लिपुलेकमा भारतले अटेरी गर्दै संरचना विस्तारको काम जारी राखेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले २०७८ जेठ २८ मा भारतीय राजदूतलाई बोलाएर उक्त सडक निर्माणप्रति असहमति जनाउनु भएको थियो ।

यस विषयमा नेपालका तर्फबाट तत्कालिन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई कूटनीतिक नोटसमेत बुझाउनुभएको थियो । तत्कालिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको सहमतिमै नेपाल–भारत सीमा विवाद समाधानका लागि प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) गठन भयो ।इपीजीले विभिन्न चरणमा छलफल पश्चात् तयार पारेको प्रतिवेदनसमेत बुझ्न नमानेको भारतले सीमा विवाद समाधानका लागि नेपालले पटक पटक गरेको कुटनीतिक प्रयासको समेत बेवास्ता गर्दै आएको छ । पछिल्लो पटक नेपालको राजनीतिमा उथलपुथल आएसँगै भारत फेरि नेपाली सीमा अतिक्रमणमा सक्रिय बनेको छ ।

सार्वभौम नेपालको सीमा क्षेत्रका सयौं स्थानमा बलमिच्याईं गरिरहेको भारतले विगत ६० वर्षदेखि कालापानीदेखि लिपुलेकसम्मको भूमि हडपेर बसेको छ । नेपाली भूमिमा नेपालीलाई नै प्रवेश निषेध गरेर बसेको भारतले कालापानी क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारेको छ ।पुस १५ अर्थात् डिसेम्बर ३० तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक विस्तारको कामलाई निरन्तरता दिने घोषणा गरेको भाषणले फेरि एक पटक सार्वभौम नेपालीको मुटु छियाछिया पारेको छ । भारतले कब्जा गरेको नेपाली भूमि लिपुलेकमा निर्माण भएको सडकको गत वर्ष भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गर्नुभएको थियो । त्यसबेला चर्को विरोध भएपनि भारत मौन बसेको थियो । फेरि पनि भारतले उक्त भूमिमा आफ्नो उपस्थिति बलियो पार्ने गतिविधी गरिरहेको छ ।

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर उत्तराखण्डको हल्द्वानीमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक चौडा पारिने बताउनुभयो। डिसेम्बर ३० तारिखका दिन आयोजित कार्यक्रममा उहाँले मानसरोवर जानका लागि लिपुलेकको सडक थप चौडा पारिने बताएसँगै नेपालमा मोदीको चर्को विरोध भइरहेको छ ।मोदीको पछिल्लो अभिव्यक्ति भन्दा ठीक दुई साता अगाडि मंसिर २९ मा रक्षामन्त्री राजनाथ सिंहले पनि लिपुलेकमा सडक निर्माण गरिएको चर्चा गर्नुभएको थियो। तर केही समय अघि मात्र उहाँले शिर झुकाएर भए पनि नेपालसँगको सम्बन्ध कुनै हालतमा बिग्रिन नदिने अभिव्यक्ति दिनुभयो । बाहिरी रुपमा नेपाललाई साथमा लिने अभिव्यक्ति दिने तर भित्र भित्र नेपाली भूमि मिचेर सडकदेखि अन्य संरचनासम्म निर्माण गर्ने भारतीय प्रवृत्तिको जनस्तरबाट खुलेरै विरोध पनि भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।