थप तीन हजार ७५ जनामा कोरोना पुष्टि

काठमाडौं, २८ पुस/पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण दुई जनाको मृ त्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।

होस्टसहित हुनेछ ९४औं ओस्कर अवार्ड
काठमाडौं, २८ पुस/आगामी मार्च २७ मा आयोजना हुने ९४औं संस्करणको ‘ओस्कर एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो । सन् २०१९ यता ओस्कार होस्टविीिन हुँदै आएको थियो । हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनेमन्टका प्रमुख क्रेग एविर्चले यसपटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन् ।

सन् २०१७ र २०१८ को ओस्कर अवार्डको होस्ट जिमी किमेलले गरेका थिए । सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षौ पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो ।

पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६), नील पेट्रिक हेरिस (२०१५), एलेन डीजेनरेस(२०१४), सेठ मेकफर्लेन(२०१३), बिली क्रिस्टल(२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे(२०११)ले होस्ट गरेका थिए ।

सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो । तर त्यो अवार्डमा दर्शकले चासो देखाएनन् । सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो । जसकारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनु परेको थियो । यहीकारण ९४ औं संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो ।

यसपटक अवार्ड हलिउड एन्ड हाइल्यान्ड सेन्टरको डल्बी थिएटरकै पुरानो स्थानमा गरिँदैछ । गत वर्ष यो कार्यक्रम लसएन्जल्सको यूनियन स्टेसनबाट प्रसारण गरिएको थियो । ओस्कर मनोनयनको घोषणा ८ फेब्रुअरीमा गरिनेछ । यो अवार्डलाई विश्वको दुई सयभन्दा अधिक स्थानमा देखाइनेछ । आयोजकका अनुसार ग्लेन वीस लगातार सातौंपटक अवार्डको निर्देशक हुनेछन् । विल पेंकर यो वर्षको एकेडेमी अवार्डको कार्यकारी निर्माता रहनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।