धनकुटामा पनि देखियो कोरोना संक्रमित

धनकुटा । धनकुटा नगरपालिका १० को एक जनामा आज कोरोना संक्रमण देखिएको छ । लामो समयदेखी कोरोना शुन्य धनकुटा जिल्लामा आज पुन: धनकुटा नगरपालिका १० का १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । तर यो केश न्यू भेरिएण्ट हो वा हाईन भन्ने छुट्याउन वाँकी रहेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले बताउनु भएको छ ।

उहाँका अनुसार जिल्लामा मिक्रोनले प्रवेश पाएको हुन सक्ने आशंका छ । त्यसैले सजग र शर्तक रहन स्वास्थ्य कार्यलयले जिल्लावासी सबैलाई सचेत रहन आग्रह गरेको छ ।

ए डिभिजन लिगको नवौं चरण शुक्रबारबाट, आफ्नो टिमबारे १० प्रशिक्षक के भन्छन् ?
काठमाडौं, २९ पुस/सहिद स्मारक ए डिभिजन लिगको नवाँै चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ ।

दोस्रो दिन पुछारमा रहेको फ्रेन्ड्स बलियो आर्मी फुटबल क्लबसँग आमुनेसामुने हुनेछ । सोही दिन साँझ हुने खेलमा थ्री स्टारले अपराजित संकटाको सामना गर्नेछ । तेस्रो तथा आइतबार ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको सामना गर्दा सोही दिनको दोस्रो खेलमा रेलिगेशन जोनमा रहेका नेपाल पुलिस र च्यासल युथ क्लब भिड्नेछन् ।

सोमबारको अन्तिम खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथको सामना गर्नेछ । नवाैँ चरणको खेलअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको पत्रकार सम्मेलनमा सहभागी १४ क्लबका १० प्रशिक्षक सहभागी भए । संकटा, शेर्पा, पुलिस र बीबीसीको प्रशिक्षक भने उपस्थित भएनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।