पीएम कपः विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जित

काठमाडौं, ३० पुस/विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो । आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए । चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए । यस्तै विक्रम सोबले २९ रन बनाए । २२ बलको सामना गरेका विक्रमले एक चौका र दुई छक्का प्रहार गरे । यस्तै भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए ।

सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए । चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए । यस्तै हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए । यस्तै वसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपर समेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउँन सकेनन् । सुदूरपश्चिमका दुई खेलाडी शुन्यमा आउट भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका विक्रमले आठ रन मात्रै खर्चिएका थिए ।

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १ विकेट लिए । जितसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । आर्मीको तीन खेलबाट ५ अंक रहेको छ । यता, सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ । समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।