धनकुटामा १ सहित प्रदेश १ मा आज ३७९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ३० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १६४, बुढीगंगामा ९, कटहरीमा ३, रंगेली, सुन्दरहरैचा र जहदामा २–२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहवीमा २–२, इनरुवा, गढी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा ९, भद्रपुरमा ८, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा २–२, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर , कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार १३७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

टाइगर कप : पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा
काठमाडौं, ३० पुस /टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको फरक खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन् ।

पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो पटक फाइनल प्रवेश गर्‍यो । पहिलो पटक प्रतियोगितामा सहभागी भएको हेल्प नेपालले भारतीय ३ खेलाडीको साथमा २५–१८, २५–१६, २५–२३ ले सहज जित पायो ।

दोस्रो खेलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले पुलिसलाई २५–१५, २५–१८, २५–१३ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्‍यो । फाइनल खेल शनिबार २ बजे हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖