धनकुटामा ३ सहित प्रदेश १ मा आज ३२० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २–२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहवी र हरिनगरमा २–२, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुुरमा ५, विर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाहृदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीएम कप : बागमती सेमिफाइनलमा पुग्ने तेस्रो टोली
काठमाडौं, १ माघ /गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।टियु मैदानमा बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनमात्र जोड्न सक्यो ।गण्डकीका कमल परियारले सर्वाधिक ११ रन जोडे । यसबाहेक विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे ।

बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले समान दुई विकेट लिए । यस्तै रिन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले समान एक विकेट हात पारे ।यसअघि टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो ।बागमतीका विपिन आर्चायले सर्वाधिक ३० रन बनाएका थिए । विपिनले १९ बलमा तीन चौका प्रहार गरे । त्यस्तै सुवास खकुरेल र प्रतिश जिसीले सामान २७ रन जोड्दा लक्की कठायतले टोलीको खातामा १७ रन थपेका थिए ।

गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान दुई विकेट लिए । यस्तै अशोक श्रेष्ठ, सुभास भण्डारी र कमल परियारले एक/एक विकेट हात पारेका थिए ।बागमतीले समूह ‘बी’ को उपविजेता रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । बागमतीले चार खेलमध्ये तीनमा जित र एकमा हारको नतिजासहित ६ अंक जोड्यो ।तीन खेल खेल्दासम्म अंकविहीन रहेको कर्णाली तालिकाको पुछारमा छ । यसअघि नेपाल पुलिस र एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।