लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग : नेपाल सरकार

काठमाडौँ, २ माघ (रासस) ःनेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण÷विस्तार रोक्न आग्रह गर्दै आएको छ ।” नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

टि–१० क्रिकेटः कैलपाल च्याम्पियन
बैतडी, २ माघ (रासस) :कैलपाल क्रिकेट क्लब दशरथचन्द नगरपालिका–११ मा सम्पन्न नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) टि–१० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनल खेलमा आज आयोजक एनआरवाइसीलाई ६ विकेटले हराउँदै कैलपालले उपाधि हात पारेको हो ।

एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले नौ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । कैलपालका लागि प्रारम्भिक ब्याट्सम्यान प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै अविजित ७३ रन जोडे । यस्तै अर्का प्रारम्भिक ब्याटस्म्यान राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए । बलिङतर्फ एनआरवासीका कप्तान मदन चन्दले दुई विकेट लिए ।

त्यसअघि बगलेखान खेलमैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित १० ओभरको खेलमा तीन विकेटको क्षतिमा ११८ रन बनायो । उसका लागि राम चन्दले सर्वाधिक ६४ रनको योगदान दिए । बलिङतर्फ कैलपालका महेश चन्द र गोेविन्द नाथले एक एक विकेट लिए । खेलको म्यान अफ दी म्याच कैलपालका प्रदीप चन्दलाई घोषित गरिएको स्कोरर मुकेश चन्दले जानकारी दिए । उपाधिसँगै कैलपालले रु २० हजार तथा उपविजेता एनआरवाइसीले रु १० हजार पुरस्कार प्राप्त ग¥यो ।

यस्तै प्रतियोगिताभर २२० रन तथा दुई विकेट लिएका कैलपालका प्रदीप चन्द म्यान अफ दी सिरिज भए । एक सय ९५ रन बनाएका कैलपालकै राजु भाट उत्कृष्ट ब्याट्सम्यान, नौ विकेट लिन सफल एनआरवासीका ऋषिकेश बोहरा उत्कृष्ट बलर र एनआरवाइसीकै रोहित चन्द उदीयमान खेलाडी चुनिए ।

एनआरवाईसीको आयोजनामा गत पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेको आयोजक क्लबका अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए । विजेता र उपविजेता टोली तथा खेलाडीलाई जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, उपाध्यक्ष लोकराज जोशी, निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेशबहादुर चन्द, नेपाली कांग्रेस क्षेत्र नम्बर ‘ख’ का क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीलगायतले पुरस्कार वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖