हलेसी तुवाचुङमा क्षयरोगीको खोजी सुरु

खोटाङ, ३ माघ /खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्भावित सक्रिय क्षयरोगीको खोजी सुरु गरिएको छ । क्षयरोगीको पहिचान गर्दै उपचार गरेर क्षयरोगमुक्त नगरपालिका बनाउने लक्ष्यका साथ क्षयरोगबाट ग्रसित बिरामीको पहिचान सुरु गरिएको हो ।

११ वडा रहेको नगरपालिकामा २७ पुसदेखि क्षयरोगबाट बच्ने उपायका बारेमा सचेतना फैलाउँदै क्षयरोगका सक्रिया बिरामीको पहिचानका लागि खकारको नमूना संकलन भइरहेको स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए । आगामी आर्थिक वर्ष नगरपालिकालाई क्षयरोगमुक्त नगर बनाउने लक्ष्यका साथ राष्ट्रिय क्षयरोग केन्द्र ठिमि भक्तपुर समक्ष प्रस्तावना पेश गरेर नगरपालिकामा क्षयरोगको पहिचान एवं सचेतना कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाभित्रका १ हजार ५०० सम्भावित क्षयरोगीको खकारको नमूना संकलन गरेर परीक्षणको तयारी गरिएको छ । हालसम्म अर्खौले, सल्ले, धितुङ, महादेवस्थान, मंगलटार, च्यास्मिटार, बाहुनीडाँडा र वडहरेका ९०० जनाको नमूना खकार संकलन गरिसकिएको छ । खकारको नमूना संकलनसँगै क्षयरोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जनचेता फैलाउने काम भइरहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताए । संकलित खकारको नमूनालाई स्वास्थ्यचौकी दुर्छिम र जिल्ला अस्पताल खोटाङको प्रयोगशालामा परीक्षण गरिने जनाइएको छ ।

खकार परीक्षणका क्रममा फेला परेका क्षयरोगका बिरामीलाई सम्वन्धित वडाको स्वास्थ्यचौकीमार्फत निःशुल्क औषधि उपलव्ध गराएर ६ महिनासम्म औषधोपचारको व्यवस्था मिलाउने तयारी गरिएको छ ।

खकारको नमूना संकलन एबं क्षयरोग विरुद्धको सचेतना अभियानमा जिल्ला अस्पतालको प्रयोगशालाका दुई जना, स्वासथ्यचौकी दुर्छिमको प्रयोगशालाका दुई जना, स्वास्थ्यचौकी च्यास्मीटारबाट एक जना स्वास्थ्यकर्मी लगायत १० स्वास्थ्यकर्मी खटिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।