धनकुटामा ४ सहित प्रदेश १ मा आज ६१७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरी २–२, बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका ७–७, रामधुनीमा ३, बराहक्षेत्र र बर्जुमा २–२, गढी, भोक्राहानरसिंह र देवानगञ्ज १–१, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, कमल गाउँपालिकामा ३, बाहृदशी र कचनकवलमा २–२, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको चुलाचुली र मांसेबुङमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्ड र नेचा सल्यानमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार १८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मूल्यवृद्धिले अलैँचीखेती गर्ने किसानलाई राहत
– युवराज विष्ट/भोजपुर, ३ माघ (रासस) ः यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिनुभयो ।

अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो छ । गाउँघरबाट प्रतिमन रु ४० हजार २०० का दरले बिक्री गरियो । तर यसवर्ष उत्पादन भने त्यती राम्रो भएन ।’’वर्सेनी भएको मूल्य गिरावट, गतवर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको उहाँको भनाइ छ । ‘‘ गतवर्ष जस्तो उत्पादन भएन । वर्सेनी मूल्य कमी हँुदै जाँदा विस्तारमा पनि धेरै साथीले कमी गरेका छन् । गत वर्षको सुख्खा खडेरीले पनि क्षति पु¥यायो”, विष्टले भन्नुभयो । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची किसानले विगत वर्षको तुलनामा झण्डै दोब्बर बराबरको मूल्य पाएको बताएका छन् ।

ठेकेदारले घरबाट नै प्रति केजी एक हजारमा अलैँची लैजाने गरेको किसान जयकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘अलैँचीबाट सात÷आठवर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैँची लगाएको थिए । गत वर्षसम्म मूल्य घटिरहँदा निकै निराश बनेका थिए । यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ ।’’राईले तीन वटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैँची लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ विगतका वर्षदेखि नै विभिन्न सरकारी कार्यालयबाट हामीले सहयोग पाउदै आएका छौँ । जसबाट केही न केही रुपमा खेती विस्तार गर्नै प¥यो । तर मूल्यमा गिरावट आउदा समस्या थपिँदै गएको थियो । यस वर्ष भने केही सहज भएको छ ।’’

किसानको हकहितको लागि काम गरिरहेको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताउनुभयो । उहाँले खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । अध्यक्ष प्रधानले यसवर्ष मूल्य बढेपनि अलैँचीको उत्पादनमा भने कमि आएको बताउनुभयो । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको बताउनुभयो । ‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यसवर्ष खास राम्रो भएन ।’’ अध्यक्ष प्रधानले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यसवर्ष भोजपुरमा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा अहिले ७१९ हेक्टर क्षेत्र अलैंची खेती योग्य जमिन रहेको भए पनि ५९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ ।कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजारसम्मा अलैंची बिक्री गरेका छन् । जिल्लामा अलैँचीको विस्तारको लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वटा वडामा अलैँची जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही , जिर्मले जातको अलँैचीखेती हुने गरेको छ । भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु ,किमालुङ वासिङथर्पु, तिम्मा हेलौछा ,गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुनेगर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।