प्रदेश २ को नाम मधेश प्रदेश पारित

जनकपुरधाम, ३ माघ /प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।

सहरी विकास पूर्वाधारका कानुन र नीति संशोधनमा १०० दिन : मन्त्री झाँक्री
काठमाडौँ, ३ माघ (रासस) :सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरी पूर्वाधारसम्बन्धी कानुन निर्माण र नीति सुधारमा कार्यभार सम्हालेको १०० दिनमा उल्लेखनीय काम भएको बताउनुभएको छ । मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सहरी नीति संशोधन अन्तिम चरणमा पुगेको बताउनुभयो । मस्यौदा तयार भएको सहरी विकास विधेयकमा युटिलिटी कोरिडोरको विषय पनि राखेर अन्तिम रुप दिई संसद्को चालु अधिवेशनमै दर्ता गर्न लागिएको मन्त्री झाँक्रीले जानकारी दिनुभयो ।

नगर विकास कोषको सङ्गठन संरचनालाई नयाँ स्वरुपमा परिवर्तन गर्न लागिएको जानकारी पनि उहाँले दिनुभयो । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीलाई स्वच्छ र सफा बनाउने अभियानमा पनि मन्त्रालय जुटेको मन्त्री झाँक्रीको भनाइ थियो ।

“वाग्मतीको नयाँ गुरुयोजना बनाउन आवश्यक छ, वाग्मती नदीलाई स्वच्छ बनाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको विधेयक मस्यौदा पनि अन्तिम चरणमा पुगेको छ, धापमा निर्माण भएको जलाशयमा यसै वर्षको वर्षादेखि पानी जम्मा गरी वाग्मतीमा हिउँदमा पनि बहाव बढाउने तयारी भएको छ”, उहाँले भन्नुभयो ।

नेपाल आवास कम्पनी लिमिटेडको प्रबन्धपत्र र नियमावली संशोधन गरेर नयाँ स्वरुप दिने गृहकार्य पनि मन्त्रालयले अघि सारेको छ । लिमिटेडको जग्गामा बसेका १२ हजार ६६० परिवारलाई जग्गाको पुर्जा दिने क्रममा १०० परिवार लाभान्वित भइसकेका छन् । बाँकी परिवारलाई पनि दिने तयारीमा मन्त्रालय लागेको छ ।

दुई वर्षदेखि बैठकसमेत बस्न नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरण भौतिक विकास समितिका बैठक बसी उपत्यकामा चार नयाँ सहर निर्माणको काम अघि बढाउने निर्णय गरिएको छ । समितिको अर्को बैठक बाहिरी चक्रपथ निर्माणको कामसमेत अघि बढाउने तयारी भएको छ । संविधानमा पहिलोपटक समावेश भएको आवासको हक कार्यान्वयनका लागि पनि मन्त्रालयले काम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना निर्देशक नवराज प्याकुरेलले नदीको सार्वजनिक क्षेत्रमा अतिक्रमण बढेकाले निर्मम रुपमा प्रस्तुत हुन लागेको बताउनुभयो । नदी किनारमा अव्यवस्थित रुपमा बसेका सुकुम्वासीलाई व्यवस्थित गर्न लागिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले तीनमहिने अवधिमा राउटेलाई आवास निर्माणको सुरुआतदेखि प्रधानमन्त्री निवासको काम सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ निवासमा सर्नुभएको प्रसङ्गसमेत उपलब्धिका रुपमा रहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।