नेपालमा कोभिड संक्रमण तीव्र : एकै दिन १० हजार संक्रमित

काठमाडौं, ४ माघ/नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् ।२२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या एक रहेको छ । नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
गण्डकी, ४ माघ (रासस) :लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो ।

बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड र महेन्द्रपुल शाखाका शाखा प्रबन्धकद्वय बलबहादुर ढकाल र गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । एकेडेमीमा हाल १५ जिल्लाका २४ बालक रहेको क्लबका उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिनुभयो । सहारा क्लबले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षणसमेत दिँदै आएको छ ।

क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दैआएको छ । लुम्बिनी विकास बैंकले सातवटै प्रदेशमा ७९ शाखामार्फत २०७८ पुस मसान्तसम्म रु ४२ अर्ब ३८ करोड निक्षेप सङ्कलन गरी रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले “निरन्तर सहयात्रा” नाराका साथ देशभरका ३१ जिल्लामा ७९ शाखा र १७ एटिएमबाट करिब तीन लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको छ । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा क्लब पोखरालाई सहयोग रकम हस्तान्तरण गरेको बैंकका पोखरास्थित न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।