धनकुटामा ५ सहित प्रदेश १ मा आज १०७१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४, संखुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहवीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाहृदशी र बुद्धशान्तिमा ३–३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा १–१, इलामको चुलाचुलीमा २, सुर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १, उदयपुरको त्रियुगामा ४, संखुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १, ताप्लेजुङमा २, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेहृथुमको लालीगुराँस र सोलुखुम्वुको नेचासल्यानमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ६७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव
काठमाडौँ, ४ माघ (रासस) ःविभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।
विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जनाको दरबन्दी स्वीकृत गरिएको छ । तर कार्यरत भने १६ जनामात्र रहेको अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो ।

कार्यालय विभागस्तरमा स्तरोन्नति भएकै वर्ष स्वीकृत दरबन्दीको सङ्ख्या भने ३७ बाट ३० मा झरेको थियो । राज्य पुनर्संरचना भएको भन्दै अभिलेखालयको दरबन्दी घटाइएको हो । जसका कारण एक जना कर्मचारीले बिदा लिए शाखा नै बन्द गर्नुपर्ने अवस्थामा अभिलेखालय पुगेको छ । कार्यालयमा हाल अभिलेख शाखाको उपसचिव, माइक्रोफिल्म तथा विद्युतीय अभिलेख व्यवस्थापन शाखाका अधिकृत, पुस्तकालय अधिकृत, प्रशासनको नायब सुब्बा, रसायनविद्, रिप्रोग्राफर (माइक्रोफिल्म गर्ने), फोटोग्राफर, टाइपिस्ट नायब सुब्बा, लेखकजस्ता गरी १४ पद रिक्त छन् ।
कुमारीचोक, परराष्ट्र मन्त्रालय, निजामती किताबखानाका धेरै दस्तावेज अभिलेखालयलाई प्राप्त भएको छ, कर्मचारी अभावकै कारण यी दस्तावेजलाई सूचीकृत गर्न सकिएको छैन। “२० जना जनशक्ति थप गरेर १० वर्ष काम गर्दा पनि नसकिने यी दस्तावेज अलपत्र अवस्थामा थन्किएका छन्, २० जनाको दरबन्दी थपका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाएका छौँ”,उहाँले भन्नुभयो ।

जनशक्ति अभावकै कारण अभिलेखालयले विभिन्न कार्यालयमा रहेका २५ वर्ष पुराना राष्ट्रिय महत्वका कागजात सङ्कलन गर्न सकेको छैन । यसका लागि समन्वय गर्ने जनशक्तिकै अभिलेखालयमा अभाव छ । अभिलेखालयमा सेवा निवृत्त र सरुवा हुने तर पदपूर्ति नहुने समस्या बढ्दै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।