कोरोना संक्रमणको ग्राफ बढ्दो, झापामा स्वास्थ्य मापदण्डको छैन पालना

झापा, ६ माघ/जिल्ला प्रशासन कार्यालय झापाले पुस अन्तिम साता कोरोना प्रोटोकल जारी गर्‍यो । जसमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुनेलगायत उल्लेख थियो । दिनप्रतिदिन कोरोना ग्राफ बढेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रोटोकल जारी गरेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयले कडाइ नगर्दा उसले जारी गरेका निर्देशन कागजमै सीमित भएको छ । जिल्लामा सार्वजनिक स्थानमा भिड उस्तै छ । मेला, मनोरञ्जनस्थल खुलै छन् । जहाँ सामान्य स्वास्थ्य मापदण्ड पनि पूरा भएको देखिँदैन । भौतिक दूरी त के मास्कको समेत प्रयोग भएको पाइँदैन ।

१ माघमा प्रत्येक वर्ष लाग्ने माई मेला यसपटक पनि लाग्यो । माई मेला लाग्ने माई नदी शिवसताक्षी र कनकाई नगरपालिकामा पर्छ । यी दुई स्थानीय तहले माई मेला यसपटक नलगाउने निणर्य गरेका थिए । तर, प्रशासनको कमजोरीका कारण भीड भने घटेन । ‘यो धार्मिक आस्थासँग जोडिएको ठाउँ हो । पहिलाको जस्तो भिड त भएन । तर, केही मानिस आएका थिए,’ झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल भन्छन्, ‘यहाँ म एक्लै हुन्छु होला भन्दै आउनेका कारण केही भीड भएको छ ।’

प्रजिअ रिजाल अन्य ठाउँमा भिडभाड नभएको दाबी गर्छन् । तर, सार्वजनिकस्थलमा र गुम्ने ठाउँमा भिड उस्तै छ । ती ठाउँमा प्रशासनको उपस्थिति नै छैन । वनभोज खाने, गुम्ने लगायतका कारण जिल्लाका केही पर्यटकीयस्थलमा भिड उस्तै छ । जिल्ला प्रशासन कार्यालयले चासो नदिँदा मनोरञ्जनस्थल फनपार्कमा भिड नियन्त्रण हुन सकेको छैन । झापामा रहेका दर्जन बढी फनपार्कमा साँझ परेपछ थामिनसक्नु भिड हुन्छ । गत २५ पुसमा शिवसातक्षीस्थित झिलझिलेमा उद्घाटन भएको वाटर किङ्डम पार्कमा दैनिक कन्सर्ट भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले यसको उद्घाटन गरेका थिए । तर, यो कन्सर्ट रोक्न जिल्ला प्रशासन कार्यालयले ध्यान दिएको छैन ।

‘अहिले पार्टीका अधिवेशनहरू वैधानिक संकटले गर्नैपर्ने छन् । यी महत्त्वपूर्ण भए । तर, महत्त्व नभएका यस्ता मनोरंजनस्थल खुल्न हुँदैन,’ प्रजिअ रिजालले भने, ‘यसबारे बुझेर आवश्यक कदम चालिनेछ ।’

सार्वजनिकस्थलमा मात्र हैन, नाकामा पनि हेलचेक्रयाइँ उस्तै छ । झापा भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको छ । पश्चिम बंगाल राज्य र विहार राज्य झापासँग जोडिएको छ । जिल्ला प्रशासन कार्यालयलय पूर्वी नाका काँकडभिट्टा र भद्रपुर नाकामा कडाइ गरेको छ । तर, अन्य साना नाकाबाट सहजै आउजाउ छ । अन्य नाकाबाट चिनीदेखि तेल लिनसम्म स्थानीय भारत नै पुग्छन् । जसकारण संक्रमण बढ्ने खतरा छ ।

‘धेरै भिडभाड हुने नाका काँकडभिट्टा र भद्रपुर हो । यसलाई व्यवस्थित गरेका छौँ । सकभर दैनिक उपभोग्य सामान लिन जानेलाई फर्काउने गरेका छौँ । तर, अनेक अत्यावश्यक विषय देखाएर पनि जान खोज्छन्,’ प्रजिअ रिजालले भने, ‘तर, नाकामा स्वास्थ्य परीक्षण गर्छौँ । भिडभाड हुने नाका व्यवस्थित गर्ने प्रयास गरेका छौँ ।’

भारतबाट आउनेलाई केही दिन होल्ड गरेर राख्न मेचीनगर-१४ स्थित दुहागडीमा बन्दै गरेको होल्डिङ सेन्टर अझै पूरा भएको छैन । नेपाली सेनाको चारालीस्थित नयाँ श्रीनाथ गणले सुपरीवेक्षण गर्दै आएको होल्डिङ सेन्टरको काम अझै नसकिएको हो । चैतसम्म समय थपिएको प्रजिअ रिजालले जानकारी दिए । जसका कारण भारतबाट आएका नागरिक सीधै घरसम्म पुग्ने गरेका छन् । जसले गर्दा संक्रमण बढ्ने खतरा छ । काम सकिनै लाग्दा पनि सरकारले ४० प्रतिशत मात्र भुक्तानी दिएका कारण होल्डिङ सेन्टर जिम्मा नलगाइएको निर्माण कम्पनी हनुमान निर्माण कम्पनीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।