धनकुटामा १३ सहित प्रदेश १ मा आज १०६० जनामा संक्रमण

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा २–२, केराबारी, रंगेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा ५, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा ४–४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११, झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२–१२, बुद्धशान्ति र शिवसताक्षीमा ६–६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेका २–२, बेलकामा १, तेहृथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा पौडेल
काठमाडौँ, ६ माघ (रासस) :नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको हो ।

उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा उपमहासचिव डा पौडेलले समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीलाई शपथ गराउनु भएको थियो । सो अवसरमा सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖