हुम्लामा साउनपछि पहिलाे पटक काेभिड संक्रमित, एकैदिन आठ जनामा संक्रमण

सिमकोट, ८ माघ/हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएकाे छ । जिल्ला अस्पता हुम्लामा २८ जनाकाे एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा ८ जनामा संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएकाे थियाे । जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

कोरोना संक्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए ।

सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएकाे छ । संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।

गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो । सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृ त्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।