कोरोनाबाट एकैदिन १६ जनाको मृ त्यु, सक्रिय संक्रमितको संख्या ७२ हजार बढी

काठमाडौँ, ८ माघ/कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २० हजार १८७ जनाको नमूना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । जस अनुसार पीसीआरबाट १४ हजार ४६२ र एन्टिजेन प्रविधिबाट ५ हजार ७२५ नमूना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार हाल देशभर ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

गणेशमान स्मृति उद्यान निर्माणका लागि थप रु एक करोड सहयोग
काठमाडौँ, ८ माघ (रासस) ःकाठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप रु एक करोड उपलब्ध गराउने भएको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप रु एक करोड उपलब्ध गराउने भएको हो । कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै रु एक करोड प्रदान गरिसकेको छ ।

कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग गर्दै आएको छ । महानगरको सहयोगमा काठमाडौँ उपत्यकाका १० नगरमध्ये आठ वटामा उद्यान तथा हरियाली प्रवद्र्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन् । यसअघि नै भएको सम्झौताअनुसार कीतिपुर नगरपालिका–१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ । कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ ।

त्यसैगरी कामपाकै आर्थिक सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गरिरहेको छ । गोकर्णेश्वर नगरपालिकाले वडा नं ९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यान क्षेत्रभित्र गोकर्णेश्वर उद्यान निर्माण गर्दैछ । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाद्वारा वडा नं ८ हात्तीगौडामा निर्माणाधिन बूढानीलकण्ठ उद्यानका लागि पनि कामपाले सहयोग गरेको छ । टोखा नगरपालिका–१ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बालउद्यान निर्माणमा कामपाको सहयोग छ ।

तारकेश्वर नगरपालिकामा कामपाको सहयोगबाट वडा नं ३ धाम क्षेत्रमा तारकेश्वर धाम, नागार्जुन नगरपालिका–६ डाँडापौवामा गणेशमान स्मृति उद्यान, चन्द्रागिरि नगरपालिका–१३ कङ्काली मन्दिर क्षेत्रमा मदन भण्डारी उद्यानको निर्माणमा पनि कामपाले सहयोग गरेको छ । कामपाकै आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिकास्थित दक्षिणकाली मन्दिर क्षेत्रको निर्माण र संरचनागत व्यवस्थापनका काम भइरहेको छ ।

मध्यपुरथिमि नगरपालिकाले शङ्खधर उद्यानको पहिलो चरणको काम सम्पन्न गरिसकेको छ । त्यसमा पनि कामपाको सहयोग रहेको बताइएको छ । यसरी काठमाडौँ उपत्यका बाहिर भगिनी सम्बन्ध स्थापना गरिएका हरेक नगरलाई पार्क निर्माणकै लागि कामपाले रु एक करोड ५० लाख उपलब्ध गराएको छ । यसरी सहयोग गरिएका नगरपालिकामा धनकुटाको पाख्रीबास, नवलपरासी (बर्दाघाट सुस्तापश्चिम) को रामग्राम, डडेल्धुराको अमरगढी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।