धनकुटामा ७ सहित प्रदेश १ मा आज ७०२ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, ८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३–३, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २१९, सुन्दरहरैचा र स्थानीय तह नखुलेका ३–३, कटहरीमा २ र रंगेलीमा १, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका २–२, बर्जु, दुहवी र देवानगञ्जमा १–१, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा ४–४, मेचीनगरमा २, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, उदयपुरको त्रियुगा, कटारी र स्थानीयतह नखुलेका १–१, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९ महिला र ४७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६१४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गणेशमान स्मृति उद्यान निर्माणका लागि थप रु एक करोड सहयोग
काठमाडौँ, ८ माघ (रासस) ःकाठमाडौँ महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप रु एक करोड उपलब्ध गराउने भएको छ ।
नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप रु एक करोड उपलब्ध गराउने भएको हो । कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै रु एक करोड प्रदान गरिसकेको छ ।
कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग गर्दै आएको छ । महानगरको सहयोगमा काठमाडौँ उपत्यकाका १० नगरमध्ये आठ वटामा उद्यान तथा हरियाली प्रवद्र्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन् । यसअघि नै भएको सम्झौताअनुसार कीतिपुर नगरपालिका–१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ । कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ ।
त्यसैगरी कामपाकै आर्थिक सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गरिरहेको छ । गोकर्णेश्वर नगरपालिकाले वडा नं ९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यान क्षेत्रभित्र गोकर्णेश्वर उद्यान निर्माण गर्दैछ । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाद्वारा वडा नं ८ हात्तीगौडामा निर्माणाधिन बूढानीलकण्ठ उद्यानका लागि पनि कामपाले सहयोग गरेको छ । टोखा नगरपालिका–१ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बालउद्यान निर्माणमा कामपाको सहयोग छ ।
तारकेश्वर नगरपालिकामा कामपाको सहयोगबाट वडा नं ३ धाम क्षेत्रमा तारकेश्वर धाम, नागार्जुन नगरपालिका–६ डाँडापौवामा गणेशमान स्मृति उद्यान, चन्द्रागिरि नगरपालिका–१३ कङ्काली मन्दिर क्षेत्रमा मदन भण्डारी उद्यानको निर्माणमा पनि कामपाले सहयोग गरेको छ । कामपाकै आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिकास्थित दक्षिणकाली मन्दिर क्षेत्रको निर्माण र संरचनागत व्यवस्थापनका काम भइरहेको छ ।
मध्यपुरथिमि नगरपालिकाले शङ्खधर उद्यानको पहिलो चरणको काम सम्पन्न गरिसकेको छ । त्यसमा पनि कामपाको सहयोग रहेको बताइएको छ । यसरी काठमाडौँ उपत्यका बाहिर भगिनी सम्बन्ध स्थापना गरिएका हरेक नगरलाई पार्क निर्माणकै लागि कामपाले रु एक करोड ५० लाख उपलब्ध गराएको छ । यसरी सहयोग गरिएका नगरपालिकामा धनकुटाको पाख्रीबास, नवलपरासी (बर्दाघाट सुस्तापश्चिम) को रामग्राम, डडेल्धुराको अमरगढी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका छन् ।


