खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे

खोटाङ, १० माघ /खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आइतबारसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ११३ पुगेको हो । सोमबार ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोभिड पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए ।

कोभिड-१९ को तेश्रो लहरमा संक्रमित भएकामध्ये हालसम्म चार जना संक्रमणमुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र सक्रिय संक्रमित ७२ छन् । रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार ५९ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पूष्टि भएको हो । जिल्लाका सक्रिय संक्रमितहरू होमआइसोलेसनमा बसिरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमित तीन हजार एक सय ७५ पुग्दा तीन हजार ४४ निको भएको कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलव्ध छ । यस्तै, एक थान भेन्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको गर्न सकेका छैनन् । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।