धनकुटामा ११ सहित प्रदेश १ मा आज १४०७ मा कोरोना संक्रमण पुष्टि

विराटनगर, १२ माघ । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा ६–६, तेहृथुममा ३, पाँचथरमा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, सुन्दरहरैचामा ८, कटहरीमा ७, बुढीगंगा र रंगेलीमा ६–६, उर्लाबारीमा ४, ग्रामथान र पथरीशनिश्चरेमा ३–३, रतुवामाई र सुनबर्षीमा २–२, कानेपोखरी, लेटाङ, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, कनकाई र अर्जुनधारामा १४– १४, मेचीनगरमा १२, गौरादहमा ५, हल्दिबारी, बुद्धशान्ति र शिवसताक्षीमा ४–४, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, बाहृदशीमा २, कचनकवल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४२, रामधुनी र स्थानीय तह नखुलेका ४–४, इनरुवामा ३, भोक्राहानरसिंह र बराहक्षेत्रमा २–२, दुहवी, हरिनगर, बर्जु र कोशी गाउपलिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ११, उदयपुरको त्रियुगामा ४, चौदण्डी र बेलकामा १–१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २ र स्थानीय तह नखुलेका १, तेहृथुमको म्याङलुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२३ महिला र १४९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार १८५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖