धनकुटामा १० सहित प्रदेश १ मा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १३८, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ६, कटहरी र उर्लाबारीमा ५–५, बुढीगंगा र स्थानीय तह नखुलेका ४–४, बेलबारी, कानेपोखरी, रतुवामाई, जहदा र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, लेटाङ र केराबारीमा १–१, सुनसरीको धरानमा ६२, इटहरीमा ५१, बर्जु, बराहक्षेत्र, रामधुनी र गढीमा ४–४, देवानगञ्ज र हरिनगरमा २–२, भोक्राहानरसिंह, इनरुवा र कोशी गाउँपालिकामा १–१, झापाको विर्तामोडमा १७, भद्रपुरमा १२, अर्जुनधारा र दमकमा ९–९, मेचीनगर र कनकाईमा ७–७, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, हल्दिबारी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, चुलाचुली र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२५ महिला र १७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृ त्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ३६४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता
मनाङ, १३ माघ (रासस) :केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।

प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।