अपडेट : धनकुटामा आज थप १५ जना कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १ सय ६२
धनकुटा । धनकुटामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । ४ जनाको पिसिआर परिक्षण गर्दा चारै जना र १२ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
हिजोको तुलनामा आज सकरात्मक्ता दर बढेर ९३.७५ प्रतिशत पुगेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । जिल्लामा हाल सक्रिय संक्रमित संख्या १ सय ६२ जना छ । आज यहाँ २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सिरक डसनाको बिक्री बढ्यो
इनरुवा, १४ माघ (रासस) ः सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का व्यापारी शम्भु मेहताले बताउनुभयो ।
चिसोबाट जोगिनलाई न्यानो कपडा आवश्यक पर्ने भएकाले यसको कारोबार वृद्धि भएको हो । सदरमुकाम इनरुवामा मात्रै दैनिक पचासौँ लाखको न्यानो कपडा बिक्री भइरहेको उद्योग वाणिज्य सङ्घ इनरुवाले जनाएको छ । करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यपारीले जनाएका छन् ।
यसैगरी तयारी पोसाकमा ज्याकेट, स्वेटर, गलबन्दी, टोपी ट्र्याकसुट, टाउजर, जम्फर लगायतका बिक्री बढ्नाका साथै सिरक, डसना बनाउने क्रमसमेत बढेको जनाइएको छ ।
व्यवसायीका अनुसार जाडोमा घरभित्र सिरक डसनाको आवश्यकता बढी हुने भएकाले सिरक बनाउन आउने र कपास किन्नेहरुको समेत भीड बढेको छ । इनरुवामा सिरक डसना बनाउँदै आएका व्यपारीका अनुसार गत पुषको दोस्रो सातादेखि हालसम्म दैनिक तीनदेखि बढीमा १० वटासम्म बनाउने गरेको जनाइएको छ । चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्यसमेत वृद्धि गरेको स्थानीय उपभोक्ता मन्दीपकुमार साहले बताउनुभयो ।


