धनकुटामा आज २५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० जनाको पिसिआर परिक्षण गर्दा ९ जना र १७ जनाको पिसिआर परिक्षण गर्दा १६ जना पोजिटिभ भै जम्मा २५ जना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यलय धनकुटाका अनुसार आज जिल्लामा २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमित १५९ जना छन् ।

सकरात्मक्ता दर हिजोको तुलनामा ३ प्रतिशतले बढेर ९६ प्रतिशत पुगेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।

धनकुटामा यसरी मनाइयो सहिद दिवस
धनकुटा,१६ माघ । आज आइतबार सहिद दिवसको अवसरमा धनकुटाका विभिन्नमा रहेका शहिदहका तस्बिर र शालिकमा माल्यार्पण गरि सर्व साधारण नागरिक समाज, पत्रकार, राजनैतिककर्मिहरुले मनाएका छन् ।

धनकुटाको बसपार्क भिमनारायण चोक लगायतका स्थानमा सर्वसाधारण लगायत अन्य पेशाकर्मिहरुले शहिद प्रति सम्मान प्रकट गरेका थिए । सहभागिहरुले अहिले पनि शहिदहरुको सपना सकार नभएको भन्दै पछिल्लो चरणमा देश र जनताका लागि भन्दा पनि पाटी र कुनै गुण्डागर्दीमा मृत्यूहरुले लाई शहिद घोषण गर्ने चलनले वास्तवमा देश र जनताको स्वातन्त्रता र मुतिmका लागि बलिदान दिने शहिदहरुको अपमान हुद गएको धारण राखेका थिए ।

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघमा सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा र शुक्रराज शास्त्री मृ त्यु दण्ड दिइएको थियो,त्यसैको सम्झनामा सहिद दिवस मनाइन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।