नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता आजदेखि सुरु
धनकुटा । मितेरी युवा क्लब सहिदभूमि गाउपालिका १ छिन्ताङ् धनकुटाको आयोजनामा नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको गाउपालिका अध्यक्ष मनोज राईले एक कार्यक्रमका विच उद्वघाटन गर्नु भएको हो ।
फुटबल प्रतियोगितामा धनकुटा र भोजपूर जिल्लाका विभिन्न पालिकाहरूका १६ टिमको सहभागीता रहेको क्लबका संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिनुभयो । खेल उदघाटन शस्त्रको पहिलो दिन आज एक खेल भएको छ छ ।
पहिलो खेलमा आयोजक मितेरी युवा क्लब र अजम्वरी युवा क्लब फेदी सागुरीगढी भिडेका छन् । यो खेलमा २ १ को गोल अन्तरले अजम्बरी युबा क्लब विजयी भएको छ । प्रतियोगिता उदघाटन कार्यक्रमको अवसरमा छिन्ताङ सहिद परिवारका सदस्यहरु , प्रतियोगिता सञ्चालन गर्नका लागि सहयोग गर्ने विभिन्न सहयोग दाता ,क्लबका संस्थापक अध्यक्षहरूलाई अविर खदा दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख ट्रफी मेडल प्रमाणपत्र र स्रो पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र रहेको क्लबका संस्थापक अध्यक्ष कार्कीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष दुर्गा खड्काको अध्यक्षतामा सञ्चालित प्रतियोगिता माघ २० गते सम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा गाउँपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरू , समाजसेवी वुद्विजिवि , शिक्षक , खेलाडीहरूको उपस्थित थियोे ।


