महोत्तरीमा विद्यार्थीका लागि ७४ हजार खोप आयो, तर खाेप कहिले लगाउने यकीन छैन

विशाल बस्नेत/महोत्तरी, १७ माघ ।महोत्तरीका १२-१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ माेडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।

खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्याैलमा परेकाे जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले जानकारी दिए ।

स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभका कारण आइसोलेसनमा रहेकाले खोपका समबन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ । `निमित्त प्रमुख जिल्ला अधिकारीसँग बैठक बसेर खोप अभियानको कार्यतालिका बनाउने छौं,´ स्वास्थ्य कार्यालय प्रमुख यादवले भने ।

स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुस्टर डोज लगाउन पहिलो र दोस्रे खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने खोपका लागप वृद्ध, संचारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖