प्रतिवन्धित ला,गुऔषध सहित ७ जना प,क्राउ

सुनसरी, माघ १७ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित ला,गुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन । संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित ला,गुऔषध ब्राउन सुगर सहित प,क्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

यो पनि पढ्नुहोस… राँझा, १७ माघ ।स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि बाँकेको खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक मरमत भएका छन् । गाउँपालिकाभित्रका सडक कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँगै गाउँपालिकाको मुहारनै फेरिएको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ । यहाँका सबैवडामा अहिले धमाधम सडक र नाली निर्माण भईरहेको छ । निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धताअनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारीदिनुभयो ।

उहाँले अनुसार गाउँपालिकाले जन चाहना र आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक नाला पुनःनिर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो । खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण सुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु गाउँपालिकाले जनाएको छ ।

अहिले खजुरा गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति गर्ने कार्य भइरहेको खजुरा ४ नं वडाध्यक्ष तिलकवीर सुनारले बताउनुभयो । गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको भनाइ छ । उहाँले अब वर्षामा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दाबी गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।