धनकुटामा १० सहित प्रदेश १ मा आज ५७२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, संखुवासभा र पाँचथरमा ३–३, इलाम र भोजपुरमा २–२, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, कटहरी र सुन्दरहरैचामा ६–६, जहदामा ४, बुढीगंगा र कानेपोखरीमा ३–३, रतुवामाई र मिक्लाजुङमा २–२, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा ८, अर्जुनधारामा ७, गौरादहमा ६, मेचीनगरमा ५, शिवसताक्षी, हल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाहृदशीमा २, कचनकवलमा १, सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा ४, बर्जुमा ३, इनरुवा र बराहक्षेत्रमा २–२, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा २, छथरजोपाटीमा १, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको हतुवागढीमा २, तेहृथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८२ महिला र ४६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र १ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ७१७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।