नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको दोश्रो दिन ५ वटा खेल,कुन टीमले जिते ?

धनकुटा । नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको दोश्रो दिन ५ वटा खेल भएका छन् । जसअनुसार सिद्धबाबा युवा क्लव सहिदभुमी ७ साप्तिङटार र सरस्वती युवा क्लव वीच भएको पहिलो खेलमा ०-३ गोल अन्तरले सरस्वती युवा क्लव विजयी भएको छ ।

त्यस्तै टिटि ७ थलथले र सिर्जनशिल युवा क्लव सागुरीगढी ८ वीच भएको दोश्रो खेलमा ०-२ गोल अन्तरले टिटि ७ थलथले विजयी भएको छ भने साम्बुगाउँ स्पोर्टिङ क्लव सहिदभुमी २ र नाम्जे युवा क्लव सागुरीगढी वीच भएको तेश्रो खेलमा १-४ गोल अन्तरले नाम्जे युवा क्लव विजयी भएको छ ।

त्यस्तै माङहाङ युवा क्लव सहिदभुमी ७ र धनकुटा नगरपालिका ९ मार्गा वीच भएको चौथो खेलमा ०-९ गोल अन्तरले माङहाङ युवा क्लव विजयी भएको छ र तमोर फुटवल क्लव र नवयुवा क्लव सहदिभुमी विच भएको पाचौ तथा अन्तिम खेलमा ०-२ गोल अन्तरले तमोर फुटवल क्लव विजयी भएको प्रतियोगिता आयोजक मितेरी युवा क्लब सहिदभूमीले जनाएको छ ।

सहिद दिवसको अवसरमा जारी प्रतियोगितामा धनकुटा र भोजपूरका विभिन्न पालिकाका १६ टिमको सहभागीता जनाएका छन् । प्रतियोगिताको विजयी प्रथम टिमले नगद १ लाख ट्रफी मेडल प्रमाणपत्र र दोस्रो हुनेले नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई
जलेश्वर, १८ माघ (रासस) :राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास निर्माण एवं अन्य गतिविधि विवेकपूर्वक तवरले गरिनुपर्छ ।”

मधेस प्रदेश ठप्प भए सम्पूर्ण देश नै ठप्प हुने बताउँदै महाप्रबन्धक राईले नेपालको चौतर्फी समुचित विकास एवं समृद्धिका लागि मधेस प्रदेशको विकास एवं समृद्धि हुनु जरुरी रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशको सरकारले चालेका ‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘बेटी बिमा’, ‘महिलालाई ५० प्रतिशत आरक्षण’ लगायत कार्यक्रमको प्रशंसा गर्नुहुँदै यस्ता कार्यक्रमले प्रदेशको विकासमा टेवा पुग्ने तथा लैङ्गिक विभेदको अन्त्य हुँदै यस प्रदेशले निकट भविष्यमै हरेक क्षेत्रमा अतुलनीय फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मधेस प्रदेश प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीलाई मधेस प्रदेश सरकारको सकारात्मक कदमलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण सुझाव दिनुभयो । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति मधेस प्रदेशको समन्वयमा प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा आठवटै जिल्लाका करिब दुई दर्जन राससकर्मी सहभागी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।