ताप्लेजुङमा आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता

ताप्लेजुङ, १९ माघ/ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा आज बुधबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा १४ वटा क्लबकाे सहभागिता रहनेछ ।

जिल्ला लिग विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै आगामी प्रदेश लिगमा भाग लिने अवसर प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष बालचन्द्र साबाले बताए ।

‘ए’ समूहमा प्रगतिशील युवा क्लब, चाँगे माछापोखरी हिटी क्लब, सृजनशील सामाजिक युवा समाज, बिसीएस मेमोरियल क्लब, लालीमा क्लब, जलजले क्लब र मानाभरा स्पोर्टिङ युथ क्लब छन् ।

समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लब, कञ्चनजंघा फुङ्लिङ क्लब, मिशन युनाइटेड क्लब, नवप्रयास युवा क्लब, संघर्ष स्पोर्टिङ क्लब, वीरेन्द्र युवा क्लब र पाथीभरा युवा क्लब रहेको जिल्ला फुटबल संघले जनाएको छ ।

दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।